काठमाडौं / भोलि बिहीबार यमरि पुन्हि धान्य पूर्णिमा मनाउन सरकारले बिदा दिएको छ। यस दिनको बिदा बारे राजपत्रमा योमरी पुन्ही, ज्यापु दिवस , धान्य पूर्णिमा , उभौली भनेर उल्लेख गरिएको छ । तर सरकारले भने
सार्वजनिक बिदा घोषणा नगरे पनि सरकारले ती पर्व मनाउनेका लागि मात्रै बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।
‘पर्व मनाउनेहरूका लागि मात्रै बिदा दिइएको हो’ गृहका एक अधिकारीले भने, ‘क्याबिनेटले सार्वजनिक बिदा तोकेको छैन।’
क्यालेन्डर अनुसार नै सम्बन्धित जात, धर्म भूगोल भएकालाई मात्रै बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।
य:मरि पुन्ही, ज्यापु दिवस नेवार समुदायले मनाउँछ भने धन्यपूर्णिमाको अवसरमा उधौली किरात समुदायले मनाउने गर्दछ । यी पर्व मनाउने समुदायका लागि बिहीबार बिदा दिइएको गृहका अधिकारीले बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५