सुभाय् संवाददाताDecember 7, 2019 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
काठमाडौं / संगिता धामीले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को कुस्ती विधामा नेपालका लागि पहिलो स्वर्ण जितेकी छिन् । उनले ५५ किलो तौल समूहमा स्वर्ण पदक जितेकी हुन्।
जनकपुरधाममा शुक्रबारबाट सुरु भएको सागको कुस्ती विधाको खेलमा संगिताले शनिबार बङ्गलादेशकी सकिरा सरकारिनेलाई हराएर स्वर्ण पदक प्राप्त गरिन् । सागको कुस्ती विधामा नेपालले स्वर्ण जितेको यो पहिलो अवसर हो । पहिलो दिन नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो । सकिरालाई संगिताले ४–१ ले हराउँदै नेपाललाई ४३ औं स्वर्ण पदक दिलाएकी थिइन् ।