• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / खेलकुद

नेपालको स्वर्णमा नयाँ रेकर्ड , स्वर्ण ३६ पुग्यो


सुभाय् संवाददाताDecember 5, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं, मङ्सिर १९ गते । नेपालले तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)को पाँचौं दिन नेपालले आठ स्वर्ण जितेको छ । ३६ स्वर्ण जितेर पदक तालिकामा नेपाल दोस्रो स्थानमा रहयो ।
चौथो दिन १५ स्वर्ण जितेर पदक तालिकाको शिर्ष स्थानमा उक्लेको भारतीय खेलाडीले पाँचौं दिन पनि उक्त लयलाई निरन्तरता दिदा सबैभन्दा बढी १५ स्वर्ण जितेर शिर्ष स्थानमा आफ्नो वर्चश्वलाई यथावत राखेको छ । पदक तालिकामा भारत ५७ स्वर्णसहित शिर्ष स्थानमा छन् । नेपालले भने पाँचौं दिन नै आफ्नो बिगतका कीर्तिमानलाई भङ्ग गर्दै अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण जित्न सफल भयो ।
पदक तालिकामा को–कहाँ
३२४ स्वर्णका लागि हुने स्पर्धामध्ये हालसम्म १३५ स्वर्णको नतिजा आइसकेको छ। भारत पदक तालिकामा ६२ स्वर्ण, ४१ रजत र २१ कास्य गरी कुल १२४ पदकसहित शिर्ष स्थानमा छ । नेपालले ३६ स्वर्ण, २७ रजत र ३८ कास्य गरी कुल पदक संख्या १०१ पुर्याएको छ । तेस्रो स्थानमा उक्लेको श्रीलङ्काको कुल पदक संख्या नेपालभन्दा बढी रहेपनि स्वर्ण १७ वटा मात्र जित्न सकेको छ । ऊ तेस्रो स्थानमा छ । पाकिस्तान भने १५ स्वर्ण, २३ रजत र २४ कास्यसहित ६२ पदकसहित चौथो स्थानमा छन् ।
बङ्गलादेशले चार स्वर्ण, ११ रजत र ४५ कास्यसहित ६० पदकसहित पाँचौं स्थानमा छन् । एक मात्र स्वर्ण जितेको माल्दिभ्सले दुई कास्यसहित तीन पदक लिएर छैठौं तथा छ कास्य जितेको भुटान पुछारमा छन् ।
भारत्तोलनमा नेपाली महिलाको पहिलो स्वर्ण
दक्षिण एसियाली खेलकुद सागमा नेपाली महिला खेलाडीले भारत्तोलनमा पहिलो पटक स्वर्ण पदक जितेको छ । नेपाललाई उक्त अवसर सञ्जु चौधरीले जुराउनुभयो । उहाँले पोखरामा सम्पन्न महिला ५९ किलो तौल समूहमा स्वर्ण जित्नुभएको हो । क्लिन एण्ड जर्कमा ५९ किलो र स्न्याचमा ७४ गरी कुल १७१ किलो तौल उचाल्नुभयो ।
गौरिकालाई स्वर्ण
गौरिका सिंहले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नुभएको छ । उहाँले २०० मिटरको फ्रि स्टाइल स्पर्धामा भारतकी शिवांगी शर्मालाई हराउँदै स्वर्ण पदक जित्न सफल हुनुभएको छ ।
सातदोबाटोस्थित कम्प्लेक्समा सम्पन्न पौडीको स्पर्धामा उहाँले निर्धा्रित दूरी दुई मिनेट पाँच दशमलब शुन्य छ सेकेण्डमा पुरा गर्नुभयो । भारतकी शिवांगीले उक्त दूरी पार गर्न दुई मिनेट सात दशमलब १९ सेकेण्ड लाग्यो। दक्षिण एसियाली खेलकुदको पछिल्लो संस्करणमा उहाँले एक रजतसँगै तीन कास्य पदक जित्नुभएको थियो ।
ब्राजिलको रियो दे जेनारियोमा सम्पन्न २०१६ को ग्रीष्मकालीन ओलम्पिकमा विश्वकै सबैभन्दा कान्छो ओलम्पियानको रुपमा सहभागी हुनुभएको थियो । पौडीको महिला १०० मिटर विधामा सहभागी हुँदा उहाँको उमेर मात्र १४ वर्ष थियो । गौरिकाले तेह्रौं संस्करणको विभिन्न ९ विधामा सहभागी हुने तय गरिएको छ । गौरिका हाल २०२० को टोक्यो ओलम्पिकका लागि छात्रवृत्ति पाएर बेलायतको लण्डनमा प्रशिक्षणरत रहँदै तेह्रौं सागमा सहभागी हुनुभएको छ । गौरिकाको स्वर्णसँगै नेपालले ३३ औं स्वर्ण पदक जितेको छ ।
साइक्लिङ्गमा चार स्वर्ण
यसअघि बुद्धिबहादुर तामाङले नेपालको लागि ऐतिहासिक ३२ औं स्वर्ण पदक दिलाउनुभयो । उहाँले साइक्लिङ्गको क्रस कन्ट्री पुरुष विधातर्फ स्वर्ण हात पार्नुभयो । त्यसैगरी, लक्ष्मी मगरले साइक्लिङ्गको क्रस कन्ट्री विधामा स्वर्ण पदक जित्नुभयो । उक्त स्पर्धामै उषा खनालले रजत पदक प्राप्त गर्नुभयो ।
गोकर्णमा साइक्लिङ्ग क्रस कन्ट्री विधामा चार किलोमिटर दूरी लक्ष्मीले १ मिनेट २०.२० सेकेण्डमा पुरा गर्नुभयो । उषाले उक्त दूरी १ मिनेट ३५.५२ सेकेण्डमा पुरा गर्नुभयो । सोही स्पर्धामा भारतकी प्रनिता प्रफुल सोमनले दूरी पार गर्न एक मिनेट ३६.२९ सेकेण्ड लगाएर कास्य पदक प्राप्त गर्नुभयो ।
साइक्लिङ्गमै नेपालले बुधबार दुई स्वर्ण जितेको थियो । बुधबार साइक्लिङ्गको डाउनहिल स्पर्धामा राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण पदक दिलाउनुभएको थियो । बुद्धिबहादुर र लक्ष्मीको स्वर्णसँगै नेपालले साइक्लिङ्गमा चार स्वर्ण जोडेको छ ।
उसुमा पाँचौं स्वर्ण
तेह्रौं दक्षिण एसियाली खेलकुद सागको उसु विधामा जुनी राईले स्वर्ण पदक जित्नुभएको छ।उहाँले सान्सो ५६ किलो तौल समूहमा श्रीलङ्काकी मदुमालीलाई २–० ले हराउनुभयो । जुनीले दिलाउनुभएको स्वर्ण उसु विधामा नेपालको पाँचौं स्वर्ण हो ।
त्यसअघि, निमा घर्तीमगरले ऊसु विधा अन्तगर्तको थाउलो नान्दौमा स्वर्ण पदक जित्नुभएको छ । उहाँले बङ्गलादेशकी मोर्जिना अख्तरलाई पराजित गर्नुभयो ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा निमाले १८.१९ स्कोर ल्याउन स्वर्ण पदक जित्नुभयो । बङ्गलादेशकी अख्तरले १६.३ अङ्क ल्याउनुभयो । श्रीलङ्काकी सञ्जु कुमारीले १४.७९ अङ्क जोडेर उक्त विधामा कास्य पदक जित्नुभयो ।
निमाले यसअघि १२ औं दक्षिण एसियाली खेलकुदमा समेत स्वर्ण पदक जित्नुभएको थियो । उहाँले उसुमा लगातार दुईपटक स्वर्ण पदक जित्ने कीर्तिमान समेत बनाउनुभयो ।
नेपालले साग उद्घाटनको दोस्रो दिन सबैभन्दा बढी १५ स्वर्ण जितेको थियो । मङ्गलबार ८ स्वर्ण जितेको नेपालले बुधबार ऊसु, कराँते र डुवायथोलन तथा तेक्वान्दोमा एक एक र साइक्लिङ्गमा दुई स्वर्ण थप्दै २९ स्वर्ण पुर्याएको थियो ।
पदक तालिकामा नेपाल दोस्रो स्थानमा यथावत छ । भारतले ६२ स्वर्णसहित पदक तालिकामा शिर्ष स्थानमा छ ।
आठौं सागको कीर्तिमान भंग
१९९९ मा सम्पन्न आठौं सागमा नेपालले कुल ३१ स्वर्ण जितेकोमा सबैभन्दा बढी कराँते र तेक्वान्दोमा १४/१४ स्वर्ण पदक प्राप्त गरेको थियो । जारी सागमा पनि नेपालले तेक्वान्दो र कराँते विधाबाट नै सर्वाधिक स्वर्ण हात पारेको हो । यद्दपी तेह्रौं सागमा तेक्वान्दो र कराँते विधामा स्वर्णको संख्या घटेको छ । तेक्वान्दोमा हालसम्म १२ स्वर्ण जितेको नेपालले कराँतेतर्फ १० स्वर्ण जितेको छ । तेक्वान्दोमा भुपेन श्रेष्ठले १२ औं स्वर्ण दिलाउनुभयो । उहाँले भारतको अक्ष हुँडालाई २९ २७ ले हराउनुभयो।
त्यसैगरी, उसु र साइक्लिङ्गमा चार चार, ट्रायथलन र डुवाथोलन र एथलेटिक्समा एक एक गरी ३२ स्वर्ण जितेको छ ।आठौं सागमा नेपालले कराँते र तेक्वान्दो अतिरिक्त पौडी र बक्सिङ्गमा थप स्वर्ण जितेको थियो । पौडीमा एक र बक्सिङ्गमा दुई स्वर्ण जितेर कुल स्वर्ण पदकको संख्या ३१ पुर्याएको नेपालले जारी सागको साइक्लिङ्ग, उसु, भारत्तोलन, एथलेटिक्स विधाको खेलमा समेत स्वर्ण प्राप्त गर्न सफल भएको छ ।
(gorakhapatra)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑