काठमाडौं /१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपालकी जुनी राईले उसुको सान्सौ विधाको ५६ केजी तौल समूहमा स्वर्ण जितेकी छिन्।
जुनीले फाइनलमा श्रीलंकाकी माडुमालीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन्।
तीन राउन्डको प्रतिस्पर्धामा जुनीले सुरूआती दुई राउन्ड नै जितेकी थिइन्।,
नेपालले उसुबाट पाएको पाँचौ स्वर्ण हो। यसअघि नेपालले पहिलो दिन मंगलबार २, बुधबार १ र बिहीबार २ स्वर्ण जितेको छ।
योसँगै नेपालको स्वर्ण संख्या ३५ पुगेको छ। बुधबारसम्म २९ स्वर्ण जितेको नेपालले बिहीबार उसुबाट २, साइक्लिङबाट २, पौडी र तेक्वान्दोबाट १-१ जितेको छ।
साग प्रतियोगितामा आज बिहीबारको दिन सोचे अनुरुप स्वर्ण पदक हात पार्न नसकेपनि सागमा अहिलेसम्मकै सबैभन्दा बढी स्वर्ण पदक हात पारेर नयाँ रेकर्ड राख्न सफल भएको छ नेपाल ।
फोटो निशा भण्डारी
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५