• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

मनमौजी नारायण गोपाल !


सुभाय् संवाददाता December 5, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

उनी बितेको दिन आज । अघिल्लो रात उनले आफैं मरेको सपना देखेकी देखेनन् कुन्नी ? तर उनी सबैलाई भावविह्वल बनाई बिती गए । उनी अर्थात् स्वरसम्राट नारायण गोपाल । नेपाली सुगम संगीतका एक कालजयी शिल्पी, एउटा युग जसका अनगिन्ती गीतहरु आज पर्यन्त जीवित छन् र यो जग रहेसम्म जीवितै रहनेछन् । जीवित छँदा हामीले उनको महत्व सायदै बुझ्यौं र त उनी बरालिँदै बेहोसीमा हराए । नहाँसेरै जीउन मन पराए ।
नयाँ सडकका गल्लीहरुमा उनका अनगिन्ती यादहरु छचल्किएर यत्रतत्र पोखिएको पाइन्छ । उनको जमानाका जेरी-स्वारी पसः र अईला-कचिलाका भट्टीहरुमा उनका दौंतरीहरुले सायद उनको उपस्थितिको आश आज पनि गर्दा हुन् ।
आफ्ना छिमेकीहरुको संगतले सांगीतिक यात्रामा होमिएका उनले त्यस बेलाको नेपाली गीत संगीतको धारलाई नै परिवर्तन गरिदिएका थिए । करिब तीन दशक नेपाली संगीत आकाशमा राज गरेका उनी प्रेमील प्रेमी पनि थिए । त्यस बखत उनले काठमाडौंबाट दार्जिलिङमा माया लाउनेसम्मको आँट गरेका थिए । मायामात्रै होइन, मितेरी साइनो पनि उतैका गोपाल योञ्जनसँग जोडेका थिए । उनै मीत र रत्नशमशेर थापासँगको सहकार्यले उनलाई गीत संगीतको शिखरमा पुर्‍याइदिएको थियो । रत्नशमशेरको शव्दको गहनता, गोपाल योञ्जनको संगीतको माधुर्यता र नारायण गोपालको जादूमयी स्वरको त्रिवेणीमा त्यस बखतको नेपाली सांगीतिक आकाश अबिरल बगेको थियो ।
प्राय सधैं मायापिरतीका गीत गाउने उनले, आफ्नो मायालुको रुपमा दार्जिलिङकी पेमलालाई भित्राए । यसै निहुँमा केही समय उनले परिवारबाट तिरस्कृत पनि हुनु पर्‍यो । जसका कारण उनी केही समय पोखरामा भूपि शेरचनसँग रमाए भने केही समय हेटौंडातिर भीम बिरागसँग पनि बरालिए । यही बरालिने क्रममा पनि यिनले दुवैबाट कालजयी गीत संगीत जन्माए । यसैले त उनी अतुलनीय थिए, अलौकिक थिए ।
उनी अनपेक्षित पनि थिए । धेरै जस्ता उनका सहकर्मीहरु उनीसँग हत्तपत्त घुलमिल हुन हच्किन्थे । यसैले त वर्षौं सँगै बिताएका रत्नशमशेर र गोपाल योञ्जनसँग पनि यिनको ठाकठुक परिरहन्थ्यो । पेमलाले यिनलाई धेरै व्यवस्थित गराएकी भने थिइन्, तर पनि यिनी मनमौजी थिए । परहेज यिनले केहीको गरेनन्, न त साथीभाइको सुने, न त प्रियसीलाई नै टेरे ।
५१ वर्षकै उमेरमा भगवानका प्यारो भएका यिनी अधिक मदिरा सेवनको कारण विभिन्न रोगले ग्रसित थिए । ‘सुखमा पिएँ, दुःखमा पिएँ, पिउँदिन भन्दाभन्दै पिएँ’ भन्ने गीतले यिनको जीवनको वास्तविकता कहन्छ सायद ।
संगीतप्रतिको आशक्तिका कारण भारतमा पनि उनी शास्त्रीय संगीत सिक्न पुगे । यही मेसोमा उनले रत्नशमशेरका गीतहरुलाई उतै आफ्नै संगीतमा रेकर्ड पनि गरे । यी गीतहरुले बिस्तारै नेपाल र भारतमा उनको चर्चा चुलिन थाल्यो । आफ्नो स्वभावअनुसार संगीतको पढाइलाई तिलाञ्जली दिएर उनी नेपाल फर्किए । राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानमा उनले बिभिन्न ओहदामा जागिर पनि खाए । उनले जागिर खाए अथवा जागिरले उनलाई खायो यो बहसको विषय बन्न सक्छ, तर पनि उनले त्यस बखत सरकारी जागिर खाए ।
त्यस बखत उनले गाएका हरेक गीतका शब्दहरु जादूमयी लाग्दथे । कति बोझिला शब्दहरुले टमक्क मिलेका हुन्थे गीतहरु । सर्जकहरुको सोचले के-केलाई मात्रै छोएको हुँदैनथ्यो । गीतहरु पनि सिद्धहस्त हातहरुले बनेका अमूर्त कलाहरुझैं लाग्दथे । क्षणभरमै माया र मायालुका आँधीबेहरीहरु कहिरहेका हुन्थे भने निमेषभरमै चोटैचोटको व्यथाले घाइते भएकाहरुको दर्द पोखिएका हुन्थे । ‘गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला’, ‘एक्लै तिमी नआउनू म मात्तिएको बेला’ भन्दै अनुरोध गरेको भेटिने उनी फेरि अर्को गीतमा ‘माया गर्नेको चोखो माया पनि देखियो, बाचा गर्नेको बाचाबन्धन पनि देखियो’ भन्दै घुर्काइरहेका भेटिन्थे ।
पिउने संस्कृति र माया गर्ने परम्पराको इतिहास धेरै लामो छ, शायद मानव जातीको उत्पत्तिसँगै यसको शुरुवात भएको हुँदो हो । यसैले संसारका हरेक गीतहरुलाई पूर्णता दिन यसको सहारा लिने गरिन्छ । मिलनमा यही जोडिएको हुन्छ, बिछोडमा पनि यही जोडिएको हुन्छ । उनका लागि पनि यो संस्कृति होस सम्हालेदेखिको साथी बन्यो सायद । न त उनले पिउन छोडे, न त उनलाई यसको नशाले छोड्यो । त्यसैले उनी हरेक साँझ मात्तिन थाले । न मन्दिरको सीमालाई उनले स्वीकारे, न मस्जिदको पर्खालले उनलाई रोक्यो ।
माया गर्ने सवालमा पनि उनले देशको सिमानाका नीति नियमलाई तोडे । जीवनको उत्तरार्द्धमा सम्पूर्ण नेपाली र नेपालले स्वर सम्राटको पगरी गुथिदिए पनि उनको पहिचान र सम्मानमा निकै बिलम्व भइसकेको थियो । र पनि उनी जति बाँचे आफ्नो जिन्दगी बाँचे, आफू भएर बाँचे । आज उनको पुण्य तिथिमा उनलाई हार्दिक सम्झना र श्रद्धाञ्जली सँगसँगै ।

अशोक(courtesy : online khabar)

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑