काठमाडौं /तेह्रौं दक्षिण एसियाली खेलकुदमा नेपालले २९ स्वर्ण जितेको छ । सागको तेस्रो दिन नेपालले साइक्लिङ्गको डाउनहिलमा दुई स्वर्ण र दुई रजत तथा कराँतेमा एक, तेक्वान्दोमा दुई , ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा एक एक गरी ६ स्वर्ण जितेको छ ।
बुधबार तेक्वान्दो खेलाडी सक्षम कार्कीले स्वर्ण पदक जितेका छन् । बुधबार ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका कार्कीले पाकिस्तानी खेलाडी वाकर अली शाह २७–९ को स्कोरमा हराएका हुन् । अपरान्ह तेक्वान्दोमा संगिता बस्यालले ६७ किलो मुनिको तौल समुहमा स्वर्ण पदक जितेका छन् । उनले फाइनलमा भारतीय खेलाडी गंगनजोट गिललाई १९–८ ले पराजित गरेका थिए ।
गोकर्णमा भएको साइक्लिङ्गको पुरुष विधा तर्फ राजेश मगरले स्वर्ण पदक जिते । उनले एक मिनेट ४९ दशमलव ३३ सेकेण्डमा एक किलोमिटर दुरी पार गर्दै स्वर्ण पदक हात पारे । दोस्रो स्थानमा निरभ श्रेष्ठ , तेस्रो स्थानमा प्रचित थापा मगर आए ।
त्यसैगरी, साइक्लिङ्ग महिला विधा तर्फ निश्मा श्रेष्ठले स्वर्ण जिते । उनले एक किलोमिटरको दुरी दुई मिनेट २२ दशमलव ४५ सेकेण्डमा तय गरेका थिए।
कराँते कुमुते खेलमा नेपालकी अनुपमा मगरले स्वर्ण पदक जिते । कराँते विधामा मात्रै नेपालको स्वर्ण पदकको संख्या १० पुगेको छ । उनले ६८ किलो तौल समूहको फाइनल स्पर्धामा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराएका थिए । ।
यसअघि बुधबार बिहान ऊसु थाउलोको नानछान अलराउन्ड स्पर्धामा दिपक हमालले स्वर्ण पदक दिलाका थिए । ऊसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो ।
आज बुधवारको २९ औं स्वर्णसँगै सागमा बुधबार नेपालको १०० स्वर्ण पुगेको छ । नेपालको १३औं सागको २९औं स्वर्ण सागको इतिहासमा भने १००औं स्वर्ण हो ।
सन् १९८४ मा काठमाडौंमा आयोजित सागमा नेपालले चार स्वर्ण पदक जितेको थियो । १९८५ मा एक, १९८७ मा दुई, १९८९ मा एक, १९९१ दुई १९९३ मा एक र १९९५ मा चार स्वर्ण पदक जितेको थियो । १९९९ मा आयोजित सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक पदक जितेको थियो । कराँते र तेक्वान्दो पहिलो पदक समावेश आठौं सागमा ३२ स्वर्णसहित समग्र प्रदर्शनमा नेपाल दोस्रो स्थानमा आएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५