काठमाडौं । दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेपछि तिनको भाव विह्वल भएको फोटोले निकै चर्चा पायो । भाइरल नैं भयो सामाजिक संजालमा । तिनले आफ्ना बुबालाई अंगालो मार्दै आँसु झारेकी थिइ । तिनको बुबाले पनि आँसु रोक्न सकेनन् त्यो पल उनका आँखा पनि रसाएको देखिन्थ्यो। राष्ट्रको निम्ति गौरवको पल थियो।
करातेका सुनिता महर्जनले मंगलवार स्वर्ण पदक जिते पछिको क्षण हो यो ।
१३ औंं दक्षिण एसियाली खेलकुद (साग) मा महर्जनले पाकिस्तानकी कुल्सुमलाई पराजित गर्दै स्वर्ण हात पारेकी हुन ।
नेपाल पुलिस क्लबमा आवद्ध रहेकी सुनिताले ६५ केजी मुनिको तौल समूहको प्रतिस्पर्धामा भाग लिएकी थिईन ।
२७ वर्षीया सुनिताको काठमाडौंको मनमैजु माइती घर हो भने आफ्नो घर सीतापाइलामा हो ।
सुनिता सात वर्षअघि ९ महिने तालिम पूरा गरेर नेपाल प्रहरीमा प्रवेश गरेकी हुन । सुनिताले स्वर्ण जितेपछि आफ्नो बुवालाई यसरी भाव विह्वल भइ अँगालोमा बाँधेकी थिइन ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५