काठमाडौं । गत शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ । उपनिर्वाचनको मतपरिणाम अप्रयासित रुपमा आइरहेको छ । विगतमा २८ वर्षदेखी कम्युनिष्ट किल्लाको रुपमा रहेको धरानमा पहिलो पटक नेपाली कांग्रेसले झण्डा फहराउन सफल भएको छ ।
धरान उपमहानगरपालिकाको मेयर तारा सुब्बाको निधन भएसँगै भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तिलक राईले ऐतिहासिक जित हात पारेका हुन । नेकपा उम्मेदवार प्रकाश राईलाई पराजित गर्र्दै मेयरमा नवनिर्वाचित राईले २६ हजार ७ सय मत प्राप्त गर्दा नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मतमा चित्त बुझाउन बाध्य भएका छन । २ हजार ७ सय ९५ मतको फराकिलो अन्तरले कम्युनिष्ट किल्लाको रुपमा रहेको धरान पहिलो पटक नेपाली कांग्रेससँग पराजित भएको हो ।
२०४६ सालको प्रजातन्त्र प्राप्ति सँगै सम्पन्न २०४८ सालको आम निर्वाचनमा तत्कालिन नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारीले जित हासिल गरेको उक्त क्षेत्रमा निरन्तर कम्युनिष्टहरुले जित्दै आइरहेका थिए । गत स्थानिय निर्वाचनमा २० वटा वडा मध्यमा केवल ५ वटा वडा मात्रै कांग्रेसले जितेको उक्त महानगरपालिकामा अब कांग्रेसले मेयर समेत जित हासिल गरेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५