November, 2019
जिउँदै इट्टाभट्टामा जलाएको अभियोगमा आलम जेल चलान
Maharjan Ratna
’काठमाडौं / एक साता लामो बहसपछि आज शुक्रवार जिल्ला अदालत रौतहटले मोहम्मद आफताब आलमलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासले थुनामा पठाउने आदेश दिएको हो । सरकारी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो। जन्मकैद सहितको माग दावी गर्दै अदालतमा दायर मुद्दामा आलमका तर्फबाट तीस जना भन्दा बढी वकिलले बहस गरेका थिए। विसं.२०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई पक्राउ