November, 2019
आखिर मध्यरातमा फैलिएको गन्ध के पोलेको गन्ध रहेछ त ?
Maharjan Ratna
१९ कात्तिक, काठमाडौं । सोमबार मध्यरातमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा एक्कासी पोलेको चर्को गन्ध आयो । ललितपुरको एकान्तकुना, कुसुन्ती, सातदोबाटो, काठमाडौंको तीनकुने, बानेश्वर लगायतका क्षेत्रमा मानिसहरुले एक्कासी केही पोलेको जस्तो गन्ध आएको बताएका छन् । तर के पोलेको भन्ने थाहा भएन । प्रहरीकाअनुसार पछिल्ला दिनहरुमा मासु पोलेको जस्तो गन्ध आएको भन्दै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा गुनासो आउने गरेको थियो । सोमबार राति फेरि चर्को गन्ध आएको भन्दै स्थानीय आए । त्यसपछि स्थानीय र प्रहरीको टोली नख्खु खोला किनारमा केही जलाएको छ कि भन्दै खोजेको थियो । त्यसक्रममा बोरा जलाएको भेटियो