• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / अन्तर्राष्ट्रिय

उडान गन्तव्य थप्दै वायुसेवा निगम

सुभाय् संवाददाताNovember 4, 2019 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

निगमले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने

काठमाडौँ — राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले मंसिरको अन्तिमदेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ । लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।
‘निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महीनादेखि उडान शुरु हुनेछ,’ मन्त्रालयका एक अधिकारीले भने । निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउने भनिएको थियो । तर चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।
सोही बमोजिम निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र सोही आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।
यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र सांङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।
नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।
पुसको दोस्रो सातादेखि जापानको नारिता उडान हुने
निगमले आगामी जनवरी महीना अर्थात पुसको दोस्रो सातादेखि जापानको राजधानी टोकियो नजीकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । उक्त गन्तव्यमा उडान सञ्चालनका लागि निगमले आन्तरिक तयारी पूरा गरेको जनाइएको छ ।
निगमले जापान सिभिल एभिएशनले मागेको आवश्यक कागजात बुझाइसकेको छ, तत्पश्चात् उडान अनुमति पाउनेछ । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गरिसकेको छ । नारितामा साताको तीन दिन उडान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको निगमले उल्लेख गरेको छ ।
गत भदौ १२ देखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान शुरु गरेको थियो तर यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि निगमले पनि नारिता उडानका लागि पहल गर्दै आएको थियो । निगमले ओसाका गन्तव्यमा सातामा दुई दिन उडान भर्दै आएको छ ।रासस
सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑