काठमाडौं, मङ्सिर १४ गते । प्राचीन टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच हनुमान ढोका दरबार अगाडी प्रदर्शन गरिएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी थाहा नगरपालिकाको सहयोगमा यस नाचलाई वसन्तपुरमा प्रदर्शन गरिएको हो ।
देवीगण नाचमा श्रीकुमारी, इन्द्रायणी, बाराही, गणेश, महादेवलगायतका नाचहरु प्रदर्शन हुने जानकारी टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच व्यवस्थापन समितिका सदस्य रामेश्वर महर्जनले जानकारी दिनुभयो ।
खिं बाजाको विभिन्न शुर तालमा गीतसहित नाच प्रदर्शन गरिएको थियो ।
महर्जनका अनुसार लिच्छवीकालीन यस नाचलाई टिष्टुङसहित पालुङलगायत मकवानपुर जिल्लाका नेवार बस्तीहरुमा प्रर्दशन गर्न बाँकी रहेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५