लुम्बिनी/ लुम्बिनी विकास कोषको आयोजनामा लुम्बिनीमा बुधवार सारस महोत्सव आयोजना गरियो ।
शान्ति स्तुपामा बिहानदेखि नै चित्रकला र निबन्ध प्रतियोगिता लगायत बिबिध कार्यक्रम सहित सारस महोत्सव सुरु गरिएको थियो । दिउँसो दुई बजे औपचारिक कार्यक्रमको उद्घाटन अन्तर्राष्ट्रय क्रेन फाउण्डेसनका सह संस्थापक जर्ज आर्चिवाल्डले गर्नुभएको थियो ।कार्यक्रममा लुम्बिनी बिकाश कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्त लुम्बिनी , सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
लुम्बिनी जैविक विविधता भएको क्षेत्र जहाँं साइबेरियादेखि आउने सारस लगायत पंछिहरुको वासस्थान रहेको छ ।
महोत्सवमा चित्रकला र निबन्ध प्रतियोगिता, लुम्बिनी वरिपरि सारसको तथ्याङ्क प्रस्तुति, चित्रकला प्रदर्शनी, चरा अवलोकन, विरहा नाच, नाटक प्रदर्शनी, चेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश गरिएका थिए।
सारस बुद्धको प्रियपंक्षिको रुपमा लिने गरिन्छ । देवदत्तको बाणबाट घाइते सारसलाई राजकुमार सिद्धार्थले बचाएको कथाले बुद्धत्व प्राप्त गर्नु अघि नै राजकुमार सिद्धार्थमा दया र करुणाको भावना थियो भन्ने देखाउछ । सारसलाई
लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरपंक्षि घोषणा गरिसकेको छ ।
लुम्बिनी विकास कोषले आयोजनामा गरिएको सारस महोत्सवले सारस संरक्षणमा बल पुग्ने आशा राखिएको छ ।कार्यक्रममा लुम्बिनीमा रहेका बिभिन्न बिहारका भिक्षुगण, लुम्बिनी विकाश कोषका पडाधिकारीहरु, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
फोटो:चन्द्र पाठक
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५