डिसी । अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् ।भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भै डिसेम्बर १४ शनिबारका दिन बिरोध प्रदर्शन गर्ने तयारी भै रहेको छ ।
अमेरिकामा लामो समय देखि बस्दै विभिन्न संघ/संस्थामा बिभिन्न ओहदामा नेतृत्व लिई सकेका नेपालीहरुले गत नोभेम्बर २० र नोभेम्बर २३ मा आयोजना गरेको दुर संचार प्रणाली( टेली कन्फेरेन्स कल ) को माध्यमद्वारा भारत बिरुद्ध ऐतिहासिक कार्यक्रम गर्ने योजना बनाएका हुन् ।
स्मरण रहोस सन् २०१५ मा भारतले अघोषित आर्थिक नाकाबन्दी गर्दा अमेरिकामा बस्ने नेपालीहरुले सबै कुरा त्यागेर एक जुट भै ईतिहास मै पहिलो पटक गोलबद्ध भै भारत बिरुद्ध बिरोध प्रदर्शनमा मानव सागर उर्लिएको थियो । फेरि ४ बर्ष पछि अमेरिकामा बस्ने नेपाली बीच एकता कायम हुनु पर्ने अवस्था आएको छ भने यस पटक अझ ज्यादा सहभागिता हुने अपेक्षा गरिएको छ ।
source:enepales
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५