काठमाडौं/चन्द्रागिरी नगरपालिकाको आयोजनामा चन्द्रागिरी एकिकृत समाजले ‘रञ्जना लिपि’ प्रशिक्षण तालिम गर्ने भएको छ ।
यस नगर पालिकाको वडां. ५ किसिपिडिमा अवस्थित सनसाइन स्कुलको प्रांगणमा मंसिर ५ गते बिहीवारदेेेखि सुरु भएको छ ।
चन्द्रागिरी एकिकृत समाजका कोषाध्यक्ष महेश्वर श्रेष्ठले जनाए अनुसार, यस तालिममा तामाङ्ग, गुरुङ्ग, ब्राह्मण, क्षेत्री तथा नेवार समुदायको सहभागिता रहने छ ।
तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उक्त नगरपालिकाका उपमेयर लिशा नकर्मी ,अतिथिहरुमा वडा अध्यक्ष अनुरुद्र महर्जन, हलि नेवाः गुथिका अध्यक्ष जुजुमान श्रेष्ठ, अतिथि एवम् प्रशिक्षक धीर सुवाल तथा नेवाः विद्यार्थी युनियन तथा मातृभाषा बचाउँ अभियन्ता (नेपाल भासा) रीदेन महर्जन अतिथिका रुपमा आशन ग्रहण गरेका थिए ।
प्रशिक्षक धीर सुवाल भने, हाम्रो भाषा, लिपि, संस्कृतिको महत्व नजानेकोले समाज पछि परेको र नेपाली पुराना अभिलेख, थ्याःसफू ,उपत्यकाका मठमन्दिरको बारेमा जानकारी लिन रञ्जना लिपि, प्रचलित लिपि, भुजिम्व, कुम्व लिपि लगायतका लिपिको प्रयोग भएकोले राखे त्यसबारे अध्ययन गर्न लिपि सिक्नुपर्ने बताए !
।
“यो १५ दिने तालिम भाषा, लिपि, संस्कृतिको संरक्षण, प्रर्वद्धनका लागि महत्वपूर्ण हुनेछ” वडा नंं. ५ का अध्यक्ष अनुरुद्र महर्जन भने ।
कार्यक्रममा चन्द्रागिरी एकिकृत समाजका अध्यक्ष एकिश प्रकाश उप्रेतीं , ” हामीले हाम्रो भाषा, संस्कृति, लिपि संरक्षण गर्न नसकिएका कारणले, आफ्नोपना भुल्दा लिपिबद्ध लेखहरु संस्कृति झल्काउने संरचनाहरु बनाउन नसक्नाले कालापानी र लिपुलेक भारतीय भारतीय कब्जामा पर्यो । यस विषयमा सम्पूर्ण नेपालीहरु तथा देश हाक्ने नेताहरु एक ढिक्का हुनुपर्छ ” भन्ने धारणा राखे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५