• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा दोश्रो त्रिपिटक पाठ समापन


सुभाय् संवाददाताNovember 18, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १५ मिनेट

राजेन मानन्धर 
लुम्बिनी, रुपन्देही, कार्तिक ३० । बुद्ध जन्मभूमि पवित्र लुम्बिनी उद्यानमा आयोजित दोश्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ कार्यक्रम समापन भएको छ ।
लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोहको आयोजनामा कार्तिक २८, २९ र ३० गते भएको सो कार्यक्रममा २५ देशका १००० भन्दा बढी भिक्षु भिक्षुणीको सहभागिता भएको आयोजकले जनाएको छ ।
भगवान बुद्धले आफ्नो जीवनकालको ३५ वर्षसम्म विभिन्न समयामा बिभिन्न स्थानमा देशना गर्नुभएको उपदेशहरुलाई संग्रहगरी तयार पारिएका ग्रन्थहरुलाई समग्रमा त्रिपिटक भनिन्छ । यस अन्तर्गत विनय पिटक, सूत्तपिटक र अभिधम्म पिटक गरी तीनवटा संग्रहहरु पर्दछन्् जसलाई सबै गरी ३०वटा भन्दा बढी पुस्तकहरुमा विभाजित गरिएको छ ।
भगवान बुद्धको महापरिनिर्वाण भएदेखि शताब्दीयौं लगाएर छ पटक सम्म विश्वभरीका थेरवाद बौद्धह्ररुको सम्मेलन अथवा संगायना गरेर यसलाई पूर्ण रुप दिएको मानिन्छ ।
त्रिपिटकअन्तर्गतका विनयपिटकलाई भिक्खु विभंग, भिक्खुनीविभंग, महावग्ग, चुलवग्ग तथा परिवारमा विभाजन गरिएको छ । सुत्तपिटकभित्र दीघनिकाय, मज्झिम निकाय, संयुक्तनिकाय, अङ्गुत्तर निकाय तथा खुद्दक निकाय पर्दछन् । त्यस्तै अभिधम्मपिटक अन्तर्गत धम्मसङ्गणी, विभङ्ग, धातुकथा, पुग्गलपञ्ञती कथावत्थु, यमक र पट्ठान पर्दछन् ।
समापन कार्यक्रममा बोल्दै लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समितिका अध्यक्ष मैत्री महास्थविरले एक दुइ जनाको वा एक दु्इवटा संस्थाको प्रयासले मात्र यस्तो वृहत कार्यक्रम संभव नहुने भएकोले सरकारले नै यसको नेतृत्व लिनुपर्नेमा जोड दिनुभयो । उहाँले इतिहासमा विभिन्न देशमा राजा स्वयम्ले नै संरक्षकको भूमिका निभाएको पनि स्मरण गराउनुभयो ।
साथै अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परषिद्का सदस्य वाङ्मो दिक्सेले सबैको सहयोगमा यो कार्यक्रम सफल भएकोमा सबैलाई बधाइ दिनुभयो । साथै उहाँले नेपालमा परम्परा थालेको दोश्रो वर्षदेखि नै क्रमिक रुपमा यसमा सहभागिता बढ्दै गएको तथा आगामि दिनमा यसले झन् बढी प्रभाकारिता स्थापित गर्न सक्नेमा विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी विकास कोषका उपध्यक्ष मेत्तेयले यस प्रकारको कार्यक्रम बौद्धहरुको मात्र नभएर सम्पूर्ण नेपालीहरुको भएकोले आगामी दिनमा यसमा अझ धेरै सहभागिता हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन २८ गते प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखलेरले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री शंकर पोखरेलले त्रिपिटक वाचन जस्तो कार्यक्रमको आयोजनाले लुम्बिनीलाई विश्वमा चिनाउने र नेपाल्रीहरुका माझ त्रिपिटकको महत्व बुझाउन सहयोग पुर्याउने बताउनुभएको थियो ।
लुम्बिनीमा त्रिपिटक पाठ गर्नका लागि नेपाल लगायत भारत, श्रीलंका, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत, भियतनाम लगायत भिक्षु भिक्षुणी एवं उपासक उपासिकाहरुको सहभागिता भएको थियो ।
यसको पहिलो दिन नेपाली भिक्षुहरुले तथा श्रीलंकाका भिक्षुहरुले सुत्तपिटकको पाठ गर्नुभयो । दोश्रो दिनमा म्यानमारका, चीनियाँ, भियतनामी भिक्षुहरुले अभिधम्मपिटकको पाठ गर्नुभयो । तेश्रो दिनमा नेपाली वज्रयानी गुरुजुहरुले पाठ गर्नुभयो मने नेपाली गुरुमांहरुले क्यानाडियन आनीहरुले विनयपिटकका सुत्रहरुको पाठ गर्नुभयो ।
त्यस्तै किसिमले पहिलो दिनमा बोधिसेन भन्ते तथा सुमनासिरी भन्तेले धर्मदेशना गर्नुभयो भने दोश्रो दिनमा राणा रिम्पोचेले विभिन्न देशमा भएको त्रिपिटकको इतिहासको बारेमा देशना गर्नुभयो ।
कार्यक्रमको अन्तमा समापन कार्यक्रम पछि उपस्थित भन्ते गुरुमांहरु तथा अन्य सहभागीले लुम्बिनी मायादेवी मन्दिर परिसरमा दीपयात्रा गरेका थिए । (साभार: बोधि टिभी डट टिभी)

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑