काठमाडौं/ उपत्यकाको सम्पदाको केन्द्रमा रहेको काठमाडौंको किलागल नरदेवी क्षेत्रमा किलाघ: महोत्सव आयोजना गरियो ।
कार्तिक ३० गते शनिबार ,नेपाल संवत् ११४० नयाँ बर्षको उपलक्ष्यमा काठमाडौं महानगर पालिका वडा नं १८ को आयोजनामा भएको उक्त सडक महोत्सव तथा भिंतुना सनिल कार्यक्रममा स्थानीय परंरागत टोलका सांस्कृतिक टोलीहरुले सांस्कृतिक प्रदर्शनी गरेको थियो । त्यसैगरी लोकप्रिय गायक गायिकाहरु पबित्र कसा:,जुजुकाजी रंजित, अनिल शाही ,प्रमोद पाण्डे, सुलिन्द्र शाक्य , रिता महर्जन , रत्नशोभा महर्जन लगायत कलाकारहरुले सांगीतिक प्रस्तुति गरेका थिए ।
महोत्सवमा विभिन्न नेवार खानाका परिकार तथा स्थानीय महिला समूहले उत्पादन गरेको घरेलु उत्पादनका स्टलहरु राखिएका थिए ।
यस कार्यक्रमको उद्घाटन महानगरका मेयर विद्यासुन्दर शाक्यले गर्नुभएको थियो ।
उद्घाटन क्रममा बोल्दै मेयर शाक्यले महानगरपालिका क्षेत्रभित्र भएका मूर्त अमूर्त सांस्कृतिक सम्पदा पर्यटन पूर्वाधारका लागि महत्वपूर्ण आधार भएको बताउनुभएको थियो ।” यो बर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ लाई हामीले ‘सम्पदा संरक्षण तथा सम्बर्धन र पर्यटन प्रवर्धनका लागि पूर्वाधार बर्ष’ का रुपमा लिएका छौं । यसै अनुसार काम गरिरहेका छौं” मेयर शाक्यले भन्नुभयो ।”यसका लागि भित्री वडाहरुको महत्वपूर्ण योगदान छ । यससँगै बाहिरी वडाहरुको सांस्कृतिक सम्पदालाई प्रवर्धन गर्ने काम गरिरहेका छौं।”
महोत्सव शुभारम्भका अवसरमा मेयर शाक्यले वडाको किलाः घः मा गएको आर्थिक बर्ष २०७५/७६ को वजेटवाट पुननिर्माण गरिएको पीगं अजिमा मन्दिर, नासः चुकमा, मलामी गुठी भवन र डाँछी ईटाको पर्खाललगायत सांस्कृतिक सम्पदाको उद्घाटन गर्नुभएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५