लुम्बिनी/लुम्बिनीमा आयोजना भइरहेको दोस्रो त्रिपिटक पाठ कार्यक्रम २०१९ उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथिको रुपमा आउनु भएका प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै विश्वमा मैत्री सद्भावमा कमि आएको बेला भगवान बुद्धको शिक्षाले नयाँ बाटो बाटो देखाउन मद्दत गर्न सक्छ भन्नुभयो । रामग्राम भगवान गौतम बुद्धको अस्तिधातु पुरानै अवस्थामा रहेको चैत्य भएको र यसबारे पनि अध्ययन गर्ने , बुद्ध र र्बौद्ध धर्म अध्ययन गर्नेहरुको निम्ति संग्रहालय बनाउने तथा लुम्बिनी र यसका वरपरका बिभिन्न ऐतिहासिक महत्वका स्थानहरुमा विविध निर्माण कार्य प्रदेश सरकारले अगाडि बढाउने बताए ।
कार्यक्रममा मुख्य दाता वाङ्मो दिक्सेले लुम्बिनीमा भइरहेको त्रिपिटक पाठ कार्यक्रमको महत्व बारे आफ्नो धारणा राख्नु भएको थियो । उप-संघनायक बुद्धसेन महास्थबिरद्वारा पंचशील प्र्दान गरी उद्घाटनको औपचारिक कार्यक्रम सुरु भएको थियो ।
कार्यक्रमका संयोजक भिक्षु मैत्री महास्थविरले विविध क्षेत्रमा सहयोग हर्नुहुने महानुभावहरुलाई सम्मानपत्र प्रदान गर्नु भएको थियो ।
मायादेवी मन्दिर परिशरमा उद्घाटन कार्यक्रम अगाडि एक शोभा र्याली निकाइएको थियो ।
कार्तिक २८, २९ ,३० गते तीन दिन हुने यो त्रिपिटक पाठ उद्घाटन कार्यक्रममा बिभिन्न देशका भिक्षु महासंघको सहभागिता रहेको थियो ।
भोजनपछि नेपालका भिक्षुहरुले आज सुत्त पिटकका सुत्रहरु पाठ गर्नुहुने कार्यक्रम रहेको छ ।
live video of the opening ceremony
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५