काठमाडौं / सत्तामा रहेको दल नेकपाका दुई अध्यक्षहरु तथा शिर्ष नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री केपी ओलिको सरकारमा फेरबदल हुने भएको छ ।
सुत्रका अनुसार मन्त्री पदबाट बिदा पाउने र नयाँ आउनेको सुची तयार भैसकेको र केहि नामको बारेमा अझै निर्णय हुन बाकी रहेको बुझिएको छ । पुनर्गठन कार्य चुनाव अगाडी नैं हुनेछ ।
सुत्रका अनुसार यसपटकको पुनर्गठनमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मा ,शिवमाया तुम्बाहम्फे, बसन्त नेम्वाङ मन्त्री बन्नेछन् । शिवमाया तुम्बाहम्फे उपसभामुख हुन् भने ,बसन्त नेम्वाङ २०४८ सालदेखि नै पाँचथरबाट चुनाव जितेका व्यक्ति हुन् । पहिलोपटक मन्त्री बन्दैछन् नेम्वाङ।
निर्णय हुन बाकी नामहरुमा छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ लगायतका नेताहरु रहेका छन् । यीमध्येबाट केही अनुहार मन्त्रिपरिषदमा सामेल हुने नेकपाको उच्च स्रोत बताउँछ । यी नामहरुमा छलफल चलिरहेको थाहा भएको छ । काठमाडौंका रैथाने मतदाताहरुको मतको कदर गर्दै कृष्णगोपाल श्रेष्ठलाई मन्त्री बनाए राम्रो शन्देश जानेछ भन्ने पार्टिमा छलफल भएको बताइन्छ ।
त्यसैगरी मन्त्रीपदबाट बिदा पाउनेहरुको लिस्ट पनि तयार भएको बताइन्छ । को को बाहिरंदै छन् त मन्त्रीपदबाट ?
कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादव बाहिरंदै छन् ।
श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतको पनि अझै टुंगो नलागेको र निरन्तरता दिने वा बिदा दिने दुबै हुन सक्ने बताइन्छ । ।
सुत्रका अनुसार सम्भवतः उपचुनावअघि नै एक साताभित्रमा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुहुन्छ, नेतृत्व तहमा सहमति भइसकेको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५