काठमाडौं /नेपाल भाषाको चलचित्रमा नयाँ आयाम थप्न सफल निर्देशक आर्यम नक:मिको नयाँ चलचित्र “सनाखत”को आज कार्तिक २६ गते मंगलबार काठमाडौंमा शुभ मुहुर्त कार्य सम्पन्न भयो ।
पुराना साहित्यकार लक्ष्मण राजवंशीको कथामा आधारित “सनाखत” नेपाल भाषा र खस नेपाली भाषामा निर्माण हुनेछ । यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, नारायण देवी प्रधान जस्ता हस्तीहरु मूख्य भूमिकामा देखिनेछन् भने धिरेन शाक्य ,राजाराम पौडेल ,
कृष्णभक्त महर्जन , सुरेन्द्र तुलाधर , सबिन शाक्य लगायत धेरै लोकप्रिय कलाकारहरु पनि यसमा देखिने छन् ।
स्वयं निर्देशक आर्यम नक:मिको पनि संयुक्त लगानी रहने यस चलचित्रका निर्माताहरुमा गोपाल काजी कायस्थ, सपना शर्मा रहेका छन् ।
“सनाखत”
कथा- लक्ष्मण राजवंशी
पटकथा, संवाद , निर्देशन :- आर्यम नकर्मी
निर्माता:- आर्यम नकर्मी , सपना शर्मा, गोपालकाजी कायष्ठ
निर्माण सहयोगी:- इनास चलचित्र प्रबर्द्धन समिती युके,ड्ब्लु एन ओ, यु एस ए ,
प्रस्तुति :-ए एन ईन्टर्टेनमेन्ट
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५