नेपालभाषा टाइम्स चीहाः संकिपा सिरपाः ( Nepal Bhasa Times short film Award) सम्प्पन भएको छ ।
नेपाल भाषामा बनेका छोटो चलचित्रहरुको ठूलो प्रतिस्पर्धाको रूपमा हेरिने यो अवार्डमा पहिलो स्थान हासिल गरि पचहत्तर हजार रुपैयाँको नगद पुरस्कार समेत जित्न सफल भएका छन् , युवा निर्देशक योबन शाक्य । उनको निर्देशनमा बनेको साहित्यकार शशिकला मानन्धरको कथा रहेको छोटो फिल्म “ध्व: छध्व: रेखां क्यूगु”ले दर्शक र जुरी दुबैको मन जित्दै प्रतियोगितामा प्रथम भएको थियो ।
त्यसैगरी रजिन महर्जनद्वारा निर्देशित ” म्युजियम ” पचास हजार नगद सहितको दोस्रो स्त्थान हासिल गर्न सफल भएको छ ।
यस अवार्डमा रामकृष्ण खड्गी निर्देशित “स्वार्थ ” तथा दर्शनवीर शाक्य द्वारा निर्देशन गरिएको “इन्द्रायणी” तेस्रो स्थानमा रहे । उनीहरूले २५/२५ हजार नगद पुरस्कार समेतको सम्मान हात पारेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका हलहरुमा तीन दिन अलग अलग प्रतिस्पर्धामा सम्मीलित १६ छोटा चलचित्रहरु प्रदर्शन गरि छोटो चलचित्र महोत्सव आयोजना गरिएको थियो ।
अन्तिम दिन गत कार्तिक २४ गते आइबार प्रतियोगी चलचित्रहरुको परिणाम घोषणा गरिएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५