काठमाडौं / भारतद्वारा प्रकाशित नयाँ नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा विद्यार्थीहरुले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू र विपक्षी नेपाली कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले प्रदर्शन गरेका हुन् ।
काठमाडौंको प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसबाट सुरु भएको विरोध प्रर्दशन रत्नपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रर्दशनमा विद्यार्थी नेताहरुले ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी हाम्रो होः, गो व्याक इन्डिया’ जस्ता नाराबाजी गरेका थिए ।
प्रमुख विपक्षी कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेविसंघले पनि काठमाडौंमा विरोध प्रर्दशन गरेको छ ।
नेपाली भूमि भारतीय नक्सामा पारी नेपाललाई अबहेलना गर्न कुचेष्टा गरेको विरोधमा ठाउँ ठाउंँमा विरोध प्रदर्शन भएको खबर आइरहेको छ ।
उता भारतको विदेश मन्त्रालयले हिजो बिहिवार पत्रकार सम्मेलन गरि नेपाली भूमी नमिचेको दाबी गरेको छ । उसले कुनै नयाँ नक्शा नभई ६० बर्ष यता प्रयोग गर्दै आएको सीमा क्षेत्र रहेको बताएको थियो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५