काठमाडौं /नेपाल संवतका प्रणेता शंखधर साख्वा: नेपालको इतिहासमा एक विशिष्ट योगदान दिएका व्यक्तिको रुपमा चिनिन्छन् । उनले आफूले कमाएको पैसाले ११४० वर्ष अगाडि नेपालका ऋणमा रहेका जनताको ऋण तिरेर उनीहरूको ऋण मोचन गरि नेपाल संवत् स्थापना गरे । संवत् स्थापना गरे तर देशको नाममा राखे उनले आफ्नो देशलाई सधैं अगाडि राखे । उनको यहि महानताको इतिहासलाई कदर गर्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको कार्यकालमा शंखधरलाई नेसं १११९, कछ्लाथ्व १० , विसं २०५६ सालमा सरकारले राष्ट्रिय विभूति घोषणा गर्यो । शंखधर राष्ट्रिय विभूति घोषणा गरिएको दिन नेपाल संवत् अनुसार कछलाथ्व दशमिका दिन शंखधर दिवसका रुपमा केही वर्ष अगाडिदेखि मनाउन थालियो ।
भोलि बिहिवार कछलाथ्व दशमिका दिन तदनुुुसार कार्तिक २१ गते बिहीवार काठमाडौंमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितीले नेपाल संवत् को स्थापनासँग जोडिएको स्थान लखुतीर्थमा बिहानै एक कार्यक्रम आयोजना गरि शंखधर दिवस मनाउँदै छ । त्यसैगरी विभिन्न संस्थाहरुले यस दिवसलाई भव्य रुपले मनाउने कार्यक्रम राखेका छन् ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५