• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

पाँचखाल उत्खननमा लिच्छविकाल र मध्य कालका ऐतिहासिक प्रमाणहरु भेटिए!


सुभाय् संवाददाताNovember 3, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

­काठमाडौं । पुरातत्व विभागले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ मा भएको उत्खननको प्रतिवेदन तयार पारेको छ । गत जेठमा भएको उत्खननका क्रममा महŒवपूर्ण उपलब्धि हात परेको विभागले जनाएको छ । पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहास भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभागले उत्खननका क्रममा साबिक होक्से गाविस–२ माल्टारको विभिन्न व्यक्तिका नाममा रहेको कित्ता नम्बर ६७२, ५७४ र ५७६ मा नगरपालिकाको समन्वयमा विभागमा परेको निवेदनको आधारमा आकस्मिक उत्खनन गरेको जनाएको छ । विभागले उत्खनन प्रणालीअनुसार ४ क्वाडेनमा विभाजन गरी उत्खनन गर्दा प्राचीन दरबारको गारोे भेटिएको थियो । गारोलाई बलियो बनाउन स्थानीय प्रस्तर प्रयोग गरी १ मिटर ५० सेन्टिमिटरसम्मको आधार बनाई ६० सेन्टिमिटरको सुर मिलेको गारोे लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । माल्टारमा २२ सेन्टिमिटर चौडाइ भएको लिच्छविकालीन इँटा प्रयोग भएको पाइएको विभागको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उत्खननका क्रममा भेटिएका अँगार र इँटाका टुक्राको परीक्षण गरी थप अध्ययन आवश्यक रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, प्रतिवेदनमा श्रीरामपाटीमा ३ मिटर लम्बाइ र २ मिटर चौडाइ उत्खनन गर्दा माटाको डुँड बनाई पोलेर इँटाको गारोेभित्र व्यवस्थित रूपमा पाइपलाइनमार्फत पानीको व्यवस्थापन गरेको पाइएको उल्लेख छ ।
पलाञ्चोकमा शकसंवत् ४२५ मा राजा मानदेवकालीन शिलालेख पाइएको छ । साथै शकसंवत् १३१ मा राजा शिवदेवको समयमा शिवलिंग स्थापना भएको पाइएको छ । काभ्रेपलाञ्चोक धार्मिक तथा ऐतिहासिक रूपले महŒवपूर्ण मानिँदै आएको छ । प्रतिवेदनमा पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहासको दरिलो प्रमाण फेला परेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । नगरपालिकामार्फत उत्खनन गरिएको क्षेत्रका संरक्षण र अवैध उत्खनन रोक्न निर्देशन गरिएको पनि उनले बताए ।
अवैध इ“टाभट्टा सञ्चालन र उत्खनन रोक्न निर्देशन
थप उत्खननको आवश्यकता
संरक्षणमा प्रशासनको उदासीनता
नगरपालिकाले गठन गरेको पलाञ्चोक पुरातŒव खोज तथा उत्खनन समितिका सदस्य सचिव श्रीकृष्ण धिमाल विभागसँग समन्वय गरी थप उत्खनन गरिने बताउँछन् । विभागको प्रतिवेदनमा ती स्थानमा अवैध रूपमा इँटाभट्टा सञ्चालन तथा विभिन्न प्रयोजनका लागि उत्खनन गर्ने क्रमले निरन्तरता पाउँदा पुराताŒिवक सम्पदा मासिएकोमा चिन्ता व्यक्त गरिएको छ । पाँचखालको वातावरण र सम्पदा संरक्षणका लागि इँटाभट्टाको विकल्प खोजिनुपर्ने भन्दै स्थानीयले आवाज उठाउँदै आएका छन् ‘पाँचखाल वातावरण बचाऊ’ अभियानका संयोजक सूर्य भेटवाल सम्पदा र वातावरण संरक्षणका लागि भट्टाको विकल्प अविलम्ब खोजिनुपर्ने बताउँछन् ।
स्थानीय तह, पाँचखाल नगरपालिका र जिल्ला प्रशासनले संरक्षण र थप उत्खननमा चासो नदेखाएको उनी बताउँछन् । नगरपालिकाले अवैध उत्खनन रोक्न निर्देशन दिएको भए पनि प्रभावकारी हुन नसकेको बताइएको छ । नगरपालिकाका प्रमुख महेश खरेल भने पुराताŒिवक सम्पदा संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

सहयोग :राजधानी

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑