• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 01, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

पाँचखाल उत्खननमा लिच्छविकाल र मध्य कालका ऐतिहासिक प्रमाणहरु भेटिए!


सुभाय् संवाददाता November 3, 2019 मा प्रकाशित (७ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

­काठमाडौं । पुरातत्व विभागले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ मा भएको उत्खननको प्रतिवेदन तयार पारेको छ । गत जेठमा भएको उत्खननका क्रममा महŒवपूर्ण उपलब्धि हात परेको विभागले जनाएको छ । पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहास भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विभागले उत्खननका क्रममा साबिक होक्से गाविस–२ माल्टारको विभिन्न व्यक्तिका नाममा रहेको कित्ता नम्बर ६७२, ५७४ र ५७६ मा नगरपालिकाको समन्वयमा विभागमा परेको निवेदनको आधारमा आकस्मिक उत्खनन गरेको जनाएको छ । विभागले उत्खनन प्रणालीअनुसार ४ क्वाडेनमा विभाजन गरी उत्खनन गर्दा प्राचीन दरबारको गारोे भेटिएको थियो । गारोलाई बलियो बनाउन स्थानीय प्रस्तर प्रयोग गरी १ मिटर ५० सेन्टिमिटरसम्मको आधार बनाई ६० सेन्टिमिटरको सुर मिलेको गारोे लगाएको पाइएको प्रतिवेदनमा उल्लेख छ । माल्टारमा २२ सेन्टिमिटर चौडाइ भएको लिच्छविकालीन इँटा प्रयोग भएको पाइएको विभागको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा उत्खननका क्रममा भेटिएका अँगार र इँटाका टुक्राको परीक्षण गरी थप अध्ययन आवश्यक रहेको उल्लेख गरिएको छ ।
त्यस्तै, प्रतिवेदनमा श्रीरामपाटीमा ३ मिटर लम्बाइ र २ मिटर चौडाइ उत्खनन गर्दा माटाको डुँड बनाई पोलेर इँटाको गारोेभित्र व्यवस्थित रूपमा पाइपलाइनमार्फत पानीको व्यवस्थापन गरेको पाइएको उल्लेख छ ।
पलाञ्चोकमा शकसंवत् ४२५ मा राजा मानदेवकालीन शिलालेख पाइएको छ । साथै शकसंवत् १३१ मा राजा शिवदेवको समयमा शिवलिंग स्थापना भएको पाइएको छ । काभ्रेपलाञ्चोक धार्मिक तथा ऐतिहासिक रूपले महŒवपूर्ण मानिँदै आएको छ । प्रतिवेदनमा पाँचखालमा लिच्छविकालीन र मध्यकालीन इतिहासको दरिलो प्रमाण फेला परेको विभागका प्रवक्ता रामबहादुर कुँवरले बताए । नगरपालिकामार्फत उत्खनन गरिएको क्षेत्रका संरक्षण र अवैध उत्खनन रोक्न निर्देशन गरिएको पनि उनले बताए ।
अवैध इ“टाभट्टा सञ्चालन र उत्खनन रोक्न निर्देशन
थप उत्खननको आवश्यकता
संरक्षणमा प्रशासनको उदासीनता
नगरपालिकाले गठन गरेको पलाञ्चोक पुरातŒव खोज तथा उत्खनन समितिका सदस्य सचिव श्रीकृष्ण धिमाल विभागसँग समन्वय गरी थप उत्खनन गरिने बताउँछन् । विभागको प्रतिवेदनमा ती स्थानमा अवैध रूपमा इँटाभट्टा सञ्चालन तथा विभिन्न प्रयोजनका लागि उत्खनन गर्ने क्रमले निरन्तरता पाउँदा पुराताŒिवक सम्पदा मासिएकोमा चिन्ता व्यक्त गरिएको छ । पाँचखालको वातावरण र सम्पदा संरक्षणका लागि इँटाभट्टाको विकल्प खोजिनुपर्ने भन्दै स्थानीयले आवाज उठाउँदै आएका छन् ‘पाँचखाल वातावरण बचाऊ’ अभियानका संयोजक सूर्य भेटवाल सम्पदा र वातावरण संरक्षणका लागि भट्टाको विकल्प अविलम्ब खोजिनुपर्ने बताउँछन् ।
स्थानीय तह, पाँचखाल नगरपालिका र जिल्ला प्रशासनले संरक्षण र थप उत्खननमा चासो नदेखाएको उनी बताउँछन् । नगरपालिकाले अवैध उत्खनन रोक्न निर्देशन दिएको भए पनि प्रभावकारी हुन नसकेको बताइएको छ । नगरपालिकाका प्रमुख महेश खरेल भने पुराताŒिवक सम्पदा संरक्षणमा नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताए ।

सहयोग :राजधानी

सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑