काठमाडौं /नेपालको ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे नेपालभाषाको छोटो चलचित्र प्रतियोगिता गरिने भएको छ । कीर्तिपुर नगर पालिकाले यस प्रतियोगिता गर्न लागेको हो ।
यस विषयमा आज किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनको तथा नेपाल भाषाका चलचित्रकर्मिबिच एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको समय प्रविधिको युग भएको र किर्तिपुरबारे प्रचार प्रसार गरी पर्यटक आगमन बढाउने कार्यमा छोटा चलचित्रहरुले प्रभावकारी भूमिका खेल्न सक्ने तथ्यलाई ध्यानमा राखी यो छलफल कार्यक्रम राखेको बताउनु भयो ।
चलचित्र प्रतियोगिता बारे कीर्तिपुर नगर पालिका वडानं ६ का वडा अध्यक्ष एव्ं कलाकार लक्ष्मीकुमार महर्जन ,चलचित्रकर्मी एवं गायक पवित्र कसा:ले यस प्रतियोगिता बारे जानकारी गराउनु भएको थियो । त्यसैगरी वरिष्ठ सिने पत्रकार विजय रत्न असंवरेले चलचित्र कस्तो बनाउँदा राम्रो हुने विषयमा आफ्नो धारणा राख्नु भएको थियो । वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले आफूले ३० वर्ष अगाडि किर्तिपुरमा चलचित्र सुटिंग गरेको स्मरण गर्दै यहाँको मौलिक संस्कृतिलाई लिएर राम्रा चलचित्र बनाउन सक्ने बताए । सहभागीका तर्फबाट वरिष्ठ कलाकार राजेन्द्र मान शाक्य , निर्देशक महर्जन रत्न , सुनिता जुनु लगायतले कस्तो किसिमको विषयबस्तुमा फिल्म बनाउदा राम्रो हुने भन्ने बारे आ-आफ्नो धाराणा राख्नु भएको थियो ।
छोटा चलचित्र प्रतियोगिता आगामी नेपाल भ्रमण वर्ष-२०२०का लागि लक्षित गरेर गर्न लागेको कुरा मेयर महर्जनले बताउनुभयो ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५