न्यूयोर्क,अक्टोबर ३१ ।अमेरिकाका साना दश सफल ब्यापारीरब्यवसायीहरुको लिष्टमा न्यूयोर्कमा क्विन्स डाईमण्ड ज्वेलरी पसल मार्फत हिरा र सुन चाँदीको ब्यापार गरेर बसेका समिर महर्जनको नाम पनि दर्ज भएको छ । अमेरिकाको बिजिनेस म्यागेजिन ईन्क डटकम (Inc.com) ले गत अक्टोबर २९ मंगलवार प्रकाशित गरेको अमेरिका भरिका दश साना सफल ब्यापारीरब्यवसायीको लिष्टमा उनलाई “The Peak Performer” को उपमा दिएर उनको ब्यापारको सफलताको बारेमा लेखेका छन् ।
उक्त म्यागेजिनले लेखेको छ – महर्जनले शुरुमा न्यूयोर्कको म्यानह्याट्टन स्थित पाँच फिट को क्षेत्रफल भएको सानो पसल खोल्यो । त्यो पसलमा छोटो समयमै ब्यापार सफल भएपछि तुरुन्तै उनले ज्याक्सनहाईट्स क्विन्समा पसल सारे । पछि उनले मेरिल्याण्ड र क्यालिफोर्नियामा पनि पसल बिस्तार गरे ।
म्यागेजिनले अगाडि लेखेको छ – उनले कड़ा मेहनत आर्जन गरेको ज्ञान समुदायमा अरुहरुलाई पनि बाँड्न चाहन्छ, जसबाट ब्यापार ब्यवसाय गर्न चाहने मानिसहरुले अवसर र सम्भावनाको फाईदा लिन सकोस् । यसैगरी, समिर महर्जनले आफ्नो ब्यापार संसंगै नेपाली संस्कृति र समुदायको निम्ति पनि रचनात्मक काम गरेको भनेर उक्त म्यागेजिनले बखान गरेको छ ।
सिन्क्रोनी नामक बित्तिय कम्पनीले आफ्ना समुदायमा समेत योगदान पुर्याएका सफल साना ब्यापारीरब्यवसायीलाई “सिन्क्रोनी खम्बा” को संज्ञा दिएर सम्मानितरुपमा सुचिकृत गर्ने धारणा बमोजिम Synchrony Piller Project मा नेपाली मुलका समिर महर्जन लगायत दश जना सफल साना व्यापारीको नाम सुचिकृत गरेपछि सो संस्थासंग सहकार्य गरिरहेका ईन्क म्यागेजिनले सो नाम र विवरण प्रकाशित गरेको हो ।
ज्ञात रहोस्, नेपालको पाटनमा बुवा बाबुकाजी महर्जन र आमा अष्टमाया महर्जनको कान्छो छोराको रुपमा जन्मि हुर्केका र एसएलसी परिक्षामा प्रथम श्रेणीमा उतिर्ण समिर महर्जन अमेरिकी नेपाली समुदायको निम्ति कृयाशील, सहयोगी र शालीन ब्यक्तित्वको रुपमा चिनिन्छन् । सन् २००५ मा अमेरिका छिरेको उनको यो सफलतामा उनको जीवनसाथी सूर्यमाया श्रेष्ठ महर्जनको महत्वपूर्ण योगदान रहेको छ । श्रीमानसंग सूर्यमाया पनि ज्वेलरीको ब्यापारमा संगसंगै खटिन्छिन् ।
एसएलसी उतिर्ण भएपछि समिरको पाईलट बन्ने सपना थियो रे ! तर त्यो सपना भने पुरा हुन सकेन ।
उहाँ समिर महर्जन वर्ल्ड नेवा: अर्गनाइजेशनसँग पनि आवद्ध हुनुहुन्छ । नेवा: हक अधिकार र आदिवासी जनजातिको सवालमा सँधैं प्रतिबद्ध उहाँको सुभाय् मिडिया उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।
Source:tutulko.com
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५