काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार झण्डै एक घण्टा ओली र प्रचण्डबीच ‘वान टु वान’ भेटवार्ता भएको स्रोतले बताएको छ ।
दुई अध्यक्षबीचको भेटमा मंसिर १४ हुने उपनिर्वाचन, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायतका विषयमा कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली आइतबार बाकुबाट नेपाल फर्किएपछि अध्यक्षद्वयबीच सोमबार भेटवार्ता भएको हो ।
केही समयअघि ओली र प्रचण्डबीच दुरी बढेको भन्ने समाचार सार्वजनिक भएपछि उनीहरुबीचको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी भएका थिए ।
तर बाकुबाट फर्कने क्रममा प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफुहरुबीच दुरी नबढेको दावी गरेका थिए । त्यस्तै, अध्यष प्रचण्डले पनि यसलाई ‘हल्ला’ को संज्ञा दिएका थिए ।
source:newsofnepal
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५