मरु छ्वासपाखा गल्लीमा डेरा गरी बस्ने वीर नरसिंह कुँवरका छोरा जङ्गबहादुर कुँवर कोतपर्वबाट सत्तामा आए पछि उनैका जुवा खेल्ने साथी मरु तहबिलका धम्मनारायण मानन्धरले बनाएको अशोक विनायकको मन्दिरको म्हुतःपौमा अधित्यादि सम्बत १९०४ भनी अंकित छ ।
जङ्गबहादुरले धम्मनारायणलाई चीनमा अफिम सप्लाई गर्न दिएको खड्गनिसानामा पनि यही संवत् अर्थात विक्रम संवत् उल्लेख छ । यसबारे लेखिएका तथ्यहरु प्रल्हाद कृष्ण मानन्धरले निकालेको नेपालको आर्थिक इतिहासमा संगृहित छ ।
यसबाट नेपालमा विक्रम संवत् चलाउने जङ्ग बहादुर नै थिए भन्ने बुझिन्छ । त्यसबेला विक्रम संवतका साथ वदी अर्थात् कृष्णपक्ष र सुदी अर्थात् शुक्लपक्ष लेखेर चान्द्रमास प्रयोग भइरहेको कुरा गोरखापत्रको पहिलो अंक हेर्दा पनि बुझिन्छ ।
चन्द्र शम्शेरले त प्रशासनिक प्रयोजनका लागि संक्रान्तिलाई १ गते मानेर अर्को संक्रान्तिको अघिल्लो दिनसम्म गते मान्ने चलाएको हो । त्यसभन्दा अगाडि सूर्य एक राशिबाट अर्को राशिमा संक्रमण हुने दिनको रूपमा संक्रान्ति मान्ने चलन थियो, तर संक्रान्तिलाई १ गते भनेर मान्ने चलन थिएन ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५