• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

जनताको शक्ति पद्मरत्नलाई स्मरण गरियो !


सुभाय् संवाददाताOctober 26, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २० मिनेट

काठमाडौं /नेपालका सुपुत्र पद्मरत्न तुलाधरको वार्षिक पूण्यतिथिमा आज उहाँको स्मरण गर्दै पद्मरत्न लुमन्ति गुथिले काठमाडौंको न्युरोडस्थित सासा बैंक्वेटमा एक कार्यक्रम आयोजना गर्‍यो ।
नेपालको इतिहासमा राजनीति परिवर्तन र मानव अधिकार क्षेत्रमा अनि नेवा: आन्दोलनमा आफ्नो जीवन समर्पण गर्नुभएका तुलाधरको स्मरण सभामा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको ।
बि सं २०४३ सालको राष्ट्रिय पंचायतको चुनावमा जनपक्षीय उम्मेदवारको रूपमा चुनाव लडेर अत्यधिक बहुमतले चुनाब जितेका उनले निर्दलीय राष्ट्रिय पंचायतको बैठकमा बहुदलीय प्रजातान्त्रको माग गरेका थिए जुन त्यस सभामा कसैले बोल्ने हिम्मत पनि गरेका थिएनन् । पद्मरत्न तुलाधरको त्यस बेलाको चुनाव चिन्ह सूर्य थियो । उहाँको लोकप्रियताका कारण उपत्यकामा सूर्यको लहर आएको देखेर तत्कालीन नेकपा एमालेले २०४६ को लोकतान्त्रिक आन्दोलनको सफलतापछि भएको चुनावमा यहि चिन्ह लिएर लडेको र सफलता पनि हासिल गरेको थियो ।

२०४७ सालको आमचुनावको विजय र्‍यालीमा सगुन ग्रहण गर्दै जनताका शक्ति पद्मरत्न तुलाधर – फोटो : महर्जन रत्न

पद्मरत्न जीवन भरी नैं भाषा आन्दोलन , नेपाल संवत् आन्दोलन , आदिवासी जनजाति आन्दोलन र मानव अधिकारको लडाइँमा लागि रहेका राजनेता हुन् । उनी नेपाल भाषाका प्रसिद्ध साहित्य साधक पनि हुन् । उनका ब्यंग्यात्मक एकांकी नाटकहरु निकै प्रसिद्ध छन् । उनी छद्म नाम प्रयोग गरेर लेख्ने एक अग्रज पत्रकार पनि थिए।
बार्षिक पूण्यतिथिको स्मृति सभामा उहाँको साहित्यक क्षेत्रको बारे बोल्नुहुँदै साहित्यकार भूषण प्रसाद श्रेष्ठले उहाँसँग बिताउनु भएका पलहरु सम्झनु भयो । उहाँ सँगै संयुक्त रुपमा लेखन कार्य गरेको उपन्यास सम्झनुहुँदै उहाँले उक्त अपूर्ण उपन्यास बारे पनि बोल्नु भयो ।” रुन्चे नेता भनेर भनियो उहाँलाई राजनीतिमा आएपछि । तर भावुक व्यक्ति उहाँ त्यसभन्दा पहिला पनि रुनुहुन्थ्यो बोल्ने क्रममा । पोखराको मांभाय् पुच:ले पृथ्वीनारायण नारायण क्याम्पसमा आयोजना गरेको एक कार्यक्रममा मातृभाषाको अवस्था बारे बोल्दाबोल्दै भावुक भएर उहाँ रुनुभएको थियो । उहाँ भाषण गर्ने क्रममा रुनुभएको यहि पहिलोचोटि थियो। यो ने.सं. १०९९ को कुरा हो । अहिले नेसं११४० लाग्दैछ ।पछि उहाँले रुने बानी मेरो कमजोरी हो भनेर भन्नुभो ! ”
पद्मरत्न लुमन्ती दबूका अध्यक्ष पूवमन्त्री डा. केशव मान शाक्यले “उहाँको योगदानलाई स्मरण गर्न र उहाँले देखाउनु भएको बाटोमा हिंड्न प्रेरित गर्ने उद्देश्यलेलुमन्ती दबू संस्था स्थापना गरेका हौं” भन्नुभयो ।
कार्यक्रममा सांसद कृष्ण गोपाल श्रेष्ठ , मानव अधिकार अभियन्ता श्याम श्रेष्ठ , नरेश वीर शाक्य लगायत वक्ताले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो । बोल्ने क्रममा अधिकारकर्मी अभियन्ता श्याम श्रेष्ठले माओवादी सरकार बार्तामा ल्याउने कार्य गर्नमा र माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन गरेको उहाँको महत्त्वपूर्ण भूमिका सम्झनु भयो भने सांसद श्रेष्ठले उहाँको पहिलो चुनावी मोर्चादेखिको वृतान्त सुनाउनु भएको थियो ।
मंचको श्रद्धाञ्जली कार्यक्रम अगाडि पद्मरत्न तुलाधर बारे एक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो ।
श्रद्धाञ्जली सभामा परिवारका तर्फबाट उहाँकी सुपुत्री सुम्निमा तुलाधरले आफ्ना पिताको नाममा लुमन्ती दबू स्थापना गरि उहाँलाई सम्झने कार्य गरेकोमा धन्यवाद ज्ञापनप गर्दै आफ्ना पिता पद्मरत्न तुलाधरले अझै आन्दोलन सकेको छैन आदिवासी जनजाति आन्दोलन , मातृभाषा आन्दोलन लगायत मौलिक अधिकारका धेरै आन्दोलन अझै अधुरो रहेको र यसका निम्ति आन्दोलन जारी नैं राख्नुपर्ने कुरामा जोड दिंदै आएको कुरा सम्झना गर्नुभएको थियो ।
श्रद्धाञ्जली सभाका केही तस्वीरहरु

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑