• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

सिले खाएको हण्डर र पाएको सफलता


सुभाय् संवाददाता October 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

सि चोंगसुन सन् १९२६ मा कम्युनिष्ट युथ लिगमा लागे । जेलभित्रै बसेर कम्युनिष्ट पार्टीको सदस्यता लिए । रिहा भएपछि सेनामा भर्ती भए । सान्सी–गान्सु क्षेत्रीय सरकारको प्रमुख बने । पछि यसलाई क्रान्तिको आधारक्षेत्र बनाए । सन् १९३५ मा कम्युनिष्ट पार्टीले चलाएको शुद्दिकरण अभियानमा परी जेल गए । लिउ झिदान र काओ काङसहित उनले मृत्युदण्डको सजाय पाए । सजाय कार्यान्वयन हुनु ठीक ४ दिनअगाडि माओ त्यहाँ टुप्लुक्कै पुगे र तीनै जनालाई रिहा गर्न आदेश दिए । यसको बाबजुद सिले माओ र पार्टी मुख्यालयको आदेश मान्न अस्वीकार गर्दै गए ।
च्याङ काइसेकको सरकारविरुद्ध कम्युनिष्ट पार्टीले सशस्त्र युद्ध थालेपछि सि राजनीतिक कमिसार बने । सन् १९४७ मा उनैको नेतृत्वमा येनानमाथि कम्युनिष्ट पार्टीले नियन्त्रण जमायो । चीन नवजनवादी गणतन्त्रमा परिणत भएपछि रक्षामन्त्री बनेका पेङ तेहुइको मातहतमा रहेर काम गरे । क्रान्ति सम्पन्न भएको पाँच वर्षपछि सन् १९५४ मा तिब्बतका धार्मिक नेता दलाइ लामा बेइजिङ पुगे । चिनियाँ क्रान्ति र माक्र्सवादको अध्ययनका साथै राजनीतिक भेटघाट गर्न राजधानी पुगेका उनको यात्राभरि सि सँगसँगै हिँडे । दलाइ लामाले सो अवसरमा उनलाई एउटा घडी उपहार दिएका थिए, जुन जीवनको अन्तिमसम्म लगाइरहे । सन् १९५९ मा उपप्रधानमन्त्री बने । प्रधानमन्त्री चाओ एनलाइको मातहतमा रहेर कानुन मस्यौदा कार्यमा सघाए ।
सन् १९३६ मा मारिएका कम्युनिष्ट पार्टीले शहीद मानेका लिउ झिदानको जीवनी सन् १९६२ मा प्रकाशित भयो । लि जियाङतोङद्वारा लिखित उक्त पुस्तक माओलाई मन नपर्नेमध्येको थियो । तर सिले सो पुस्तकको सराहना गरे । यसको दण्डस्वरुप पार्टी र सरकारी पद सबै गुमाए । आत्मालोचनापछि पनि पद घटुवामा परी लुओयाङस्थित ट्र्याक्टर कारखानाको उपप्रबन्धक बने । सि र उनकी दोस्री पत्नी छि चिनका साइँला छोरा सि जिनपिङ त्यसबेला मात्र १० वर्षका थिए । सन् १९६६ मा चीनले साँस्कृतिक क्रान्ति शुरु ग¥यो । राजकुमारको जस्तो जीवन बिताउँदै आएका उनको जीवनमा दुःखका दिन शुरु भयो । बाबु सिमाथि पार्टीविरोधी गतिविधिमा लागेको आरोप लाग्यो । लाल सेनाले घरमा छापा मार्दा भेट्टाइएको एउटा रेडियोको आधारमा विदेशी मुलुकका लागि काम गर्ने जासुसको बिल्ला भिराइयो । पूर्वी जर्मनीको भ्रमण गर्दा दुरबिनले बर्लिन पर्खाल पारि हेरेको दोष लाग्यो । पक्रेर बेइजिङस्थित जेलमा हालियो ।
सि जिनपिङका बाबु सि चोंगसुनलाई शुरुमा मध्यचिनियाँ क्षेत्रतिर निर्वासनमा पठाइयो । निर्वासित जीवन बिताइरहेकै बेला पुनः लाल सेनाले समात्यो । ट्रकमा कोचेर सियानतर्फ लगी सोधपुछको नाउँमा कुटपिट गरियो । हत्कडी लगाएर सडकमा हिँडाइयो । गर्नुसम्म बेइज्जत गरियो । राज्यले परिवारका सदस्यलाई कालो सूचीमा हाल्यो । छि लोग्नेसँगै निर्वासनमा जान चाहन्थिन् तर राज्यले स्वीकृति दिएन । बेइजिङमै बस भनियो । साँस्कृतिक क्रान्तिका अनुयायी लाल सेनाले सिको सम्पूर्ण परिवारका सदस्यलाई हरबखत बेइज्जति र गालीगलौज गथ्र्यो । सि जिनपिङ पढ्ने नं. २५ स्कुललाई ‘पार्टीका वरिष्ठ नेताहरुका पुल्पुल्याइएका छोराहरुको डोको’ र ‘बुर्जुवावर्गका सन्तान पढ्ने स्कुल’ भनियो । यहाँसम्म कि खेलकुद शिक्षकले सिलाई ‘ब्ल्याक ग्याङको छोरा’ भनेर सबैका सामु बेइज्जत गरे ।
लाल सेनाले जहाँ भेटे पनि लखेट्थ्यो । मार्न तम्सिन्थ्यो । जतिखेर पनि ज्यान जोगाएर हिँड्नुपर्दाको अत्याचार सहन नसकेर सिकी दिदी (सि चोंगसुनकी पहिलो श्रीमती हो मिङचुतर्फकी छोरी) सि हेपिङ आत्महत्या गर्न विवश बनिन् । कतिपयले उनको हत्या लाल सेनाले नै गरेको बताएका छन् । एकदिन उक्त स्कुललाई लाल सेनाले घेरा हाली सि र उनका दुई जना साथीलाई बाहिर निकाल्यो । गालीगलौज गर्नुसम्म गरेपछि कुटपिट गर्न अघि बढ्नेबित्तिकै सिहरू भागे । लालसैनिक पछि लागे । सि र नेइ वेइपिङ तीव्र गतिमा दौडे पनि लिउ वेइपिङ विस्तारै भागेकाले कब्जामा परे । नराम्रो पिटाइ खाए । स्मरणीय छ, नेइ र लिउका बाबुहरु पनि जेल परिसकेका थिए । यसक्रममा सिले स्कुलमा शौचालय सफाइको काम गरे । लालसैनिकले एकपटक उनलाई टाढासम्म लखेटे । गोली हानेर मार्ने धम्की दिए । उनीलगायत ५ जना साथीलाई सडकमा हिँडाएर बेइज्जत गरे । दुवै हात माथि उठाउन लगाएर धातुबाट निर्मित शंकु आकारको पहिरन लगाउन दिए । लाल सैनिकले ‘सि जिनपिङ मूर्दावाद’ को नारा लगाए । सिकी आमालाई त्यस्तो पहिरन लगाउन त दिइएन तर ठूलो जनसमुदायसामुन्ने उभ्याएर आफ्नै लोग्नेविरुद्ध नारा लगाउन लगाइयो ।
सन् १९६६ को अन्तिमतिर सरकारले सबै स्कुल बन्द गरी छात्रछात्रालाई शिक्षकहरुको आलोचना, गाली र कुटपिट गर्न छुट दियो । एकपटक सि लाल सैनिकको घेरामा परे । त्यसबेला उनी १४ वर्षका थिए । उनी मात्र होइन, परिवारका सबै सदस्य बेइजिङमा लुक्दै हिँड्थे । घेरामा पारेपछि लाल सैनिकले सोधे, ‘तिमी आफ्नो अपराधलाई कति गम्भीरतापूर्वक लिन्छौ ?’ सिले उल्टै प्रश्न गरे, ‘मेरो अपराध मलाई मार्न पर्याप्त छ ?’ लाल सैनिकले भने, ‘हेर, तिमीलाई हामी सयौंपटक मार्न सक्छौं ।’ सिले जवाफ दिए, ‘एकपटक मर्नु र सयौंपटक मर्नुमा केही फरक छैन ।’
सन् १९६८ को डिसेम्बरमा माओले ‘पहाढ चढ्नु र गाउँ झर्नु’ अभियान चलाए । जसअन्तर्गत १ करोड ७० लाख शहरी युवालाई पहाडी इलाका र दुर्गम गाउँ पठाइयो । १५ वर्षीय सि जिनपिङ पनि यसमा परे । शहरी युवालाई पुनर्शिक्षित बनाउने अर्थात् गाउँले किसान र श्रमिकबाट व्यावहारिक ज्ञान दिलाउने यो अभियानको अभिप्राय थियो । सोही वर्ष सिका बुबा सि चोंगसुनलाई जेल हालिसकिएको थियो । जेलमा उनले ठूलो यातना पाए । ‘गाउँ जाऔं’ अभियानअन्तर्गत सि जिनपिङलाई शान्सी प्रान्तको लियाङजियाहे गाउँमा पठाइयो । यसअघि उनीलगायत दण्डित नेताका छोराछोरी सबैजना बेइजिङस्थित कठघरामा थिए ।
सि आफैं भन्छन्, ‘त्यहाँ पुगेको समय म १५ वर्षको थिएँ । बिन्दास पाराको । केही बुझेकै थिइनँ ।’ त्यसैले शुरुमा उनी त्यहाँ टिक्नै सकेनन् र भागेर पुनः बेइजिङ पुगे । लुक्दै हिँडे पनि पक्राउ परे । दण्डस्वरुप खेतमा खाल्डो खन्न लगाइयो । करिब ६ महिना थुनामा परेपछि पुनः लियाङजियाहे पुगे । पछिल्लोपटक भने निकै गम्भीर बने । खेतीपाती सिके । मजदुरी गरे । मल बनाउने, बाँध र सडक बनाउने काम गरे । गाउँमा बत्ती थिएन । येनान नगरबाट गाउँसम्म जाने बाटोसमेत थिएन । उनी गुफामा बस्थे । इँटा ओछ्याएर बनाइएको ओछ्यानमा सुत्थे, त्यो पनि तीन जना । गुफाभरि किरा–फट्यांग्राले डेरा जमाएको हुन्थ्यो । खानाको नाउँमा दाल र तरकारी मात्र पाउँथे । सी पढाइमा निकै रुचि राख्थे । लजालु अनि अन्तर्मुखी स्वभावका । राति पानसको उज्यालोमा किताब पढ्थे । अध्यक्ष माओका कारण आफ्ना बाबु र सपरिवारले दुःख कष्ट झेल्नुपरेको भए पनि सि माओका विचारका सच्चा भक्त थिए । माओको रातो किताब र पत्रिकामा छापिएका भाषण पढ्थे । ती उनलाई मन पर्ने लेख थिए ।
सि निकै गम्भीर स्वभावका थिए । हँसिमजाक गर्दैनथे । खेल्न पनि मन पराउँदैनथे । त्यसैले कसैसित मायाप्रीति बसेन । कम्युनिष्ट पार्टीप्रतिको लगाव किशोरावस्थादेखि नै थियो । जब साँस्कृतिक क्रान्ति शुरु भयो र स्वयंसेवक लाल सेनामा भर्ती लिन थालियो, उनी स्वयं त्यसको सदस्य हुन चाहन्थे तर सानो उमेरका कारण भर्ती हुन पाएनन्, भलै पछि सोही संगठनबाट प्रताडित हुनुप¥यो । तर, लियाङजियाहे बसाइका क्रममा पुनः कम्युनिष्ट बन्ने भूत सवार भयो र कम्युनिष्ट युथ लिगको सदस्यता लिए, सन् १९७१ मा १८ वर्षको उमेरमा । उनी पार्टीकै सदस्य बन्न चाहन्थे । त्यसैले आवेदन दिए तर पारिवारिक पृष्ठभूमिका कारण आवेदन रद्द भयो । नौ पटकसम्म आवेदन दिइरहे तर स्वीकार गरिएन । यसबीच प्रधानमन्त्री चाओ एनलाइको विशेष अग्रसरतामा सि चोंगसुन सन् १९७२ मा जेलबाट रिहा भए । छोरा सि र बाबु सिबीच ६ वर्षमा पुनर्मिलन भयो । यातना र कठोर परिश्रम पाएकाले सि दुब्लो र कमजोर भइसकेका थिए ।
बाबुको रिहाइपछि स्थिति अलि सामान्य बन्यो । छोरा सि जिनपिङले कम्युनिष्ट पार्टीको सदस्यता लिन सन् १९७३ मा दशौंपटक निवेदन दिए । बल्ल १९७४ मा सदस्यता पाए । शुरुमा उनी उत्पादन समूहको पार्टी शाखा सचिव बने । र, विभिन्न प्रान्त, कमिटी हुँदै बल्ल सन् १९९७ मा केन्द्रीय समितिमा वैकल्पिक सदस्य र फुजियान प्रान्तको उपगभर्नर बने । सन् २००० मा महासचिव जियाङ जेमिन, प्रधानमन्त्री झु रोङजी, उपराष्ट्रपति हु चिन्ताओ र अनुशासन समितिका सचिव वेइ जियानसिङले बेइजिङ बोलाए । सन् २००२ मा केन्द्रीय समितिको पूर्ण सदस्य बने । सांघाइको पार्टी प्रमुख हुँदै सन् २००७ मा पोलिट्व्युरोमा पुगे । उता सन् १९७६ मा माओको निधनपश्चात सन् १९७८ मा देङ सियाओ पिङको अगुवाइमा सि चोङसुन पार्टीमा पुनस्र्थापित भए । राष्ट्रिय जनकंग्रेस स्थायी समितिको उपाध्यक्ष हुँदै पोलिटव्युरो र केन्द्रीय सचिवालयको सदस्यसम्म भए । र, १९८८ मा राजनीतिबाट संन्यास लिए । उनको निधन सन् २००२ मा भइसकेको छ ।
सि जिनपिङ छोटो समयमै नेतृत्वमा पुगे । जियाङ जेमिन र पार्टी महासचिव हु चिन्ताओको समर्थन प्राप्त गर्न सफल भए र सन् २०१२ मा महासचिव सैन्य आयोगको अध्यक्ष र २०१३ मा राष्ट्रपति बने । उनले चलाएको भ्रष्टाचारविरोधी अभियानका कारण जनतामा लोकप्रिय बन्न सफल भए । साना कर्मचारी मात्र होइन, चौ योङखाङ, सु काइहोउ, गुओ बोसियोङ, मा जियाङ, वाङ वेइझी, झाङ कुन्सेङजस्ता वरिष्ठ नेताहरुलाई समेत जेल हाले । उनको यो अभियानअन्तर्गत करिब डेढ लाख ‘ठूला बाघ’ तथा ‘साना माछा’ जेल परिसकेका छन् । उनको नेतृत्वमा चीनले विकासमा ठूलो फड्को मारिसकेको छ, इण्डोनेसियादेखि पोल्याण्डसम्म जोड्ने उनको महत्वाकांक्षी योजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ र चिनियाँ विशेषतामा आधारित रही चीनलाई उन्नत समाजवादमा डो¥याउने नवीनतम विचारधाराका कारण आज उनी विश्वमै चर्चित छन् । विश्वको शक्तिशाली राजनेताको पंक्तिमा उभिन पुगेका छन् । एक समय थियो, सि लोकगायिका पेङ लियुआनका पति भनेर चिनिन्थे, आज पेङ सिको पत्नीको रुपमा चिनिन्छिन् ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑