• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

पोखरामा स्वन्ति नख: तिहार बजार लाग्ने ! लक्ष्मी पूजा म्हपूजा र किजापूजा (भाइटिका)को लागि आवश्यक सामाग्री एकै ठाउँमा उपलब्ध गराइने


सुभाय् संवाददाताOctober 24, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

पोखरा /नेवार समुदायको महत्वपूर्ण चाड स्वन्तिनख:(तिहार) तथा नेपालको राष्ट्रिय संवत् नेपाल सम्वतको नयाँ वर्ष दैलोमै आइसकेको बेला स्वन्ति नख:(तिहार पर्व)को निम्ति आवश्यक सामाग्रीहरु एकै ठाउँमा किनमेल गर्न सक्नेगरी नेवा: खल: कास्कीले पोखरामा स्वन्तिनख: तिहार बजार कार्यक्रम आयोजना गर्ने भएको छ । यो बजार नेवा: संचालन संयोजन गर्ने जिम्मेवारी खल:को भातृ संगठन मिसा पुच: कास्कीले पाएको छ ।

मिसा: पुच:का अध्यक्ष शान्ति श्रेष्ठ उदासले यस बजार बारे जानकारी दिनुहुँदै भन्नुभयो स्वन्तिनख: तिहारको लागि आवश्यक सम्पूर्ण सामाग्रीहरु यस बजारमा पाइनेछन् ।आउँदो शनिबार (कार्तिक ९ गते ) यहाँको नयाँ बजारस्थित बिबेक पेट्रोल पम्पको अगाडि यो बजार लाग्दैछ । उक्त बजारमा सबैलाई स्वागत गर्न चाहेको कुरा बताउनु भयो ।
स्वन्तिनख: तिहार बजारमा लक्ष्मीपूजा, म्हपुजा, किजापुजा(भाइटिका) को लागि आवस्यक सम्पूर्ण सरसामानहरु इता: जजंका , रोटीहरु , बयर, कटुस, ओखर , बदाम, टोपी , पछ्यौरा,आखें, हाँसको अन्डा , बिमिरो, कालो भटमास , रेखी राख्ने पोताय, मन्दप बनाउने रङहरु, ताय( लावा )नेवार गहनाहरु, लाखामरि , ग्वय् स्वां , फुलमाला,फलफुल लगायत अन्य सबै कुरा एकै ठाउमा पाइने कुरा पनि जानकारी गराइएको छ |

यसैबीच सरकारले नेसं ११४० कछलाथ्व २ तदनुसार कार्तिक १३ गते किजापूजाको दिन सरकारले प्रकाशित क्यालेन्डरमा बिदा नभएपनि सो दिन बिदा दिने घोषणा प्रधानमन्त्री केपि ओलिले नेपाल संवत् न्हूदं राष्ट्रिय समारोह समिति सँगको भेट्मा गरिसक्नुभएको छ ।

नेवा: भाषा संस्कृति जगेर्ना गर्ने कार्यमा अग्रणी भूमिका खेल्दै आएको नेवा: खल: कास्कीको यो स्वन्तिनख: तिहार बजारले पनि आफ्नो परम्परागत संस्कृतिलाई निरन्तरता दिने कार्यमा मद्दत गर्नेछ भन्ने उद्देश्यका साथ यस प्रकारको कार्यक्रम ल्याएको जानकारी दिनुहँदै नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले हामीले बोल्ने मात्र हैन काम गरेर देखाउनु पर्ने कुरामा जोड दिनुभयो ।

नेवा: खल: कास्कीको यो स्वन्ति नख: तिहार बजार कार्यक्रम सांस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण रहेको छ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • बेल्जियमका एनआरएन तथा वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधिहरुसँग जापानमा भेटघाट तथा स्वागत कार्यक्रम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑