-मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डन बुट गोल्डेन ग्लोब एमी मार्टिनेजलाई -किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी
सनसनीपूर्ण खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टीलाई अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले छेकेदिएपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।
सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।
लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो । फ्रान्सले उपाधि जित्न नसकेपनि खेलमा ह्याटि्रक गरेका फ्रान्सकाअ एमबापेले दर्शकको मन जित्न भने सफल भए ।
मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डन बुट गोल्डेन ग्लोब एमी मार्टिनेजलाई
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।
विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।फर्नान्डेजले उदीयमान खेलाडीको उपाधि पाए ।
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्याएका हुन्।
यसअघि सन् २०१८ को फाइनलमा गोल गरेका एम्बाप्पेले आजको खेलमा ८० औँ, ८१ औँ र ११८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ( समाचार फोटो साभार : एजेन्सी )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५