• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

सकिमिला पुन्ही/ हलिमलि पुन्ही सकिमना पुन्हि ( कार्तिक मास पुर्णिमा )


सुभाय् संवाददाताNovember 8, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

हरेक वर्ष कार्तिक शुक्ल पुर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवा: समुदायले सकिमिला पुन्हीको रुपमा मनाउँछन्। विशेष गरि काठमाडौ उपत्यकाको बौद्ध नेवा: समुदायले मनाउने यो पर्व, नेवा:हरुको एक साझा पर्व हो। यस दिन मकै,भटमास, केराउ, बकुला, आदि विभिन्न गेडागुडीहरु भुटेर खाने गरिन्छ, त्यसैले हलिमली पुन्हीको नामले पनि यस दिनलाई चिनिन्छ। #के_गरिन्छ? यस दिन मुख्य रुपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई चढाउने गरिन्छ, त्यसैले यस पर्वलाई सकि ( पिँडालु, तरुल आदि) मना ( उसिन्नु) = सकिमना पुन्ही पनि भनिन्छ। विभिन्न नामले सम्बोधन गरिने यस पर्वमा घर-घरमा मकै, भटमास, बकुला आदि विभिन्न अन्नहरु भुटेर खाने गरिन्छ। यस दिन विभिन्न मठ-मन्दिर, बहाल, चैत्य अगाडी विभिन्न अन्नहरु मिलाएर विभिन्न कलाकृतिहरु बनाइ प्रदर्शन गर्ने गरिन्छ। यसलाई हलिमलि ब्वयेगु भन्ने गरिन्छ, र यसरी कलाकृति बनाएपछी, विभिन्न गुठीका व्यक्तिहरुले परम्परागत वाद्यवादन बजाइ रागहरु गाएर गीत गाउने गरिन्छ। अन्तिममा यी सबै अन्नलाई प्रसादको रुपमा बाँड्ने चलन रहेको छ। अन्नबालीहरु भित्र्याए पछिको अलिकति फुर्सदको समयमा मनाइने यस पर्वलाई चख: अर्थात् सानो पर्वको रुपमा लिइन्छ भने यसमा घर-परिवार मात्र सम्मिलित भइ मनाउने गरिन्छ। यसै दिन उपत्यकाको प्राचीन मन्दिर चाँगुनारायण परिसरमा पनि श्री गरुडको महास्नान गराइ भव्य पूजा गर्ने गरिन्छ। यसै गरि, आज बलम्बु क्षेत्रमा श्री महालक्ष्मीको भव्य जात्रा हुने गर्दछ ।
यसै पुर्णिमाको दिन देखि च्वबहा:( हाल चोभार) को एक महिने मेला समापन हुने गर्दछ। यसै गरि आश्विन पुर्णिमा देखि सुरु गरिने आकाश दिप पनि आज अन्तिम बत्ति दिएर समापन गरिन्छ भने, मठ-मन्दिरहरु अगाडि उठाइएका काठको खाँबोहरु आज मध्यरातमा निकाल्ने परम्परा रहेको पाइन्छ। यस्तै उपत्यकाको बज्रयान बौद्ध धर्म अनुसार आजकै दिन तथागत विपश्वी बुद्धले नागर्जुन पर्वतबाट ध्यानबाट उठेर तत्कालीन समयमा दह रहेको यस उपत्यकामा कमलको बीउ छर्नु भएको मान्यता रहेको पाइन्छ। त्यसैले आजको दिनलाई स्वयम्भू सेवाको रुपमा पनि लिइन्छ।आजको दिन अन्न दान गरेमा आफ्नो घरमा अन्नको अभाव नरहने, र आफ्नो खेतबारीमा बाँझोपनले नसताउने जनविश्वास पनि रहेको पाइन्छ।
सरसरती हेर्दा हामीले धार्मिक मान्यता अनुसार पर्व मनाएता पनि, यस भित्र विभिन्न जीवन दर्शनका पक्षहरु पाइन्छ। समय अनुसारको अन्न खाएर पर्व मनाउनुले जीवनलाई सहज रुपमा अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन्छ। हलिमलि ब्वयेगु भनि विभिन्न अन्नहरु द्वारा कलाकृतिहरु देखाउनुले हामी भित्र लुकेको सीप, कौशल र जाँगरिलोपनलाई उजागर गर्छ। नयाँ अन्नबाली भित्र्याएपछीको खाली हुने केही समयमा यसरी हलिमलि ब्वये गर्दै, मठ-मन्दिरमा विभिन्न ताल, राग र सुरमा संगीतमा मुग्ध भएर मनाउने यस पर्वले, आफुसँग भएको हरेक कुराको लागि कृतज्ञ हुनपर्छ भनी सिकाउँछ भने, आफू काममा जति व्यस्त भएपनि संस्कृती, संस्कार तथा जीवनको मूल आधारलाई बिर्सनु हुँदैन भन्ने गहिरो सन्देश पनि दिन्छ।
Source : Frannkey Franz ( Mysterious Valley – Nepal )

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑