• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

महानगरले त्वा:छेंमा डोजर चलाएको विरोधमा १८ संस्थाद्वारा विरोध प्रदर्शन , बालेनको पुतला दहन !


सुभाय् संवाददाताOctober 1, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट

काठमाडौं / सर्वोच्च अदालतमा विचाराधीन मुद्दा समेत  बेवास्ता गर्दै काठमाडौं महानगरपालिकाले तानाशाही शैलीमा शुक्रबार थायमदु त्वाः छेँ’( सामुदायिक घरमा)ठूलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी बल प्रयोग गरेर डोजर चलाएको विरुद्ध विभिन्न १८ वटा संस्थाहरुको संयुक्त विरोध सभा कार्यक्रम गरी मसाल जुलुसको प्रदर्शन गरेको छ ।विरोधमा मेयर बालेन शाहको पुतला समेत दहन गरिएको थियो ।
करीब ४० वर्ष अगाडि नेवा: समुदायको मातृभाषा , संस्कृति र अधिकारको निम्ति काम गर्दै आएको नेपाल भाषा मंका खल:को कार्यालय रहेको यो घर आदिवासी जनजाति आन्दोलनको निम्ति पनि इतिहास बोकेको घर हो । शुक्रबार महानगरको ठूलो संख्यामा आएको नगर प्रहरी र जनपद प्रहरीले घेरा हाली जबर्जस्ती घरमा डोजर चलाइएको थियो ।
नेपालको राजनीतिक भाषिक अधिकारको निम्ति कार्य गरेको संस्था बसेको घरमा डोजर चलाउनुको अर्थ मेयर बालेन नेवार समुदायको बिरोधमा गएको आभास समेत गरिएको छ । ठमेलको लिच्छविकालिन कमल पोखरीमा बनेको छायाँ कम्प्लेक्स , सुन्धारासँगैको  ऐतिहासिक नागपोखरीमा बनेको सिभिल मलदेखि सेनाको हेडक्वाटर समेत अनधिकृत रुपमा बनेको, त्यसैगरी बागमती विष्णुमति, सामाखुसी लगायत नदी किनारको जग्गा कब्जा गरी सुकुम्बासीका नाममा बनेका घरमा समेत महानगरको ध्यान नगएको तर स्थानीयको लालपुर्जा र नक्शा भएका घरमा डोजर चलाउन नरोकेको भन्दै निकै महानगरबासी आक्रोषित भएका थिए ।
विरोध कार्यक्रममा विभिन्न वक्ताले टोलबासीको जनश्रमदान र आर्थिक लगानीबाट सामुदायिक जग्गामा बनेको टोलको सामुदायिक भवनमा भएको प्रहारबाट सबै सचेत हुनुपर्ने र भोलि यस्तो प्रक्रिया घर घरसम्म पुग्न सक्ने भनी सावधानी गराउँदै त्वा:छेंमा डोजर चलाउने  कार्यको घोर विरोध गरे । कार्यक्रममा त्वा:छेंका प्रमुख डा. रमेश श्रेष्ठ   , नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले आफ्नो मन्तव्य राख्ने क्रममा महानगरको सरोकारवालासँग एक शब्द नसोधी २४ घन्टे सूचना टाँस गरी संस्थाका दस्तावेज समेत राखिएको घरमा डोजर चलाई क्षति पुर्‍याउने कार्य गरेकोमा गहिरो दुख प्रकट गर्दै घोर भत्सर्ना गरे । सडक विस्तार विरोध आन्दोलनमा लागिरहेका  सुमन सायमि लगायतले मन्तव्य राख्दै “डोजरले सामुदायिक भवनमा आक्रमण गर्नु भनेको डोजर तपाई हाम्रो घर पुगेको हो” भन्दै समयमै यसको विरोधमा सबै क्षेत्रबाट उठ्नुपर्ने बताएका थिए।
विरोध कार्यक्रम थाय्मरुबाट मशाल जुलुसमा परिणत भएको थियो ।मशाल जुलुसले मेयर बालेन शाहको विरोधमा नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो । युवा सहभागिता उल्लेख्य संख्यामा रहेको बिरोध कार्यक्रममा स्थानीय प्रतिनिधिहरु पनि सहभागी भएका थिए।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑