• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

न्यातपौ देयग:३२० वर्षमा प्रवेश,वार्षिक उत्सव बुसादँ मनाइयो !


सुभाय् संवाददाताJune 30, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

भक्तपुर / नेपालकै सबैभन्दा अग्लो प्यागोडा शैलीको भक्तपुर टौमढी क्षेत्रस्थित ङातापोल (पाँचतले मन्दिर) मन्दिरको उमेर आजवाट ३२० वर्ष पुगेको छ। मन्दिर निर्माण गरेको तीनसय बिस वर्ष पूरा भएको अवसरमा बिहिबार मन्दिरमा वर्ष बन्धन (बुसाँरा अर्थात बुसादँ) पूजासँगै झण्डोत्तोलन गरिएको छ। तत्कालीन मल्ल राजा भूपतीन्द्र मल्लले बनाउन लगाएको ङातापोल नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदामा निर्माण पूरा भएको अभिलेख छ। उक्त अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गरेकोसमेत उल्लेख छ।
बर्सेनि असार शुक्ल प्रतिपदाको दिन बुसाँरा मनाइँदै आइएको छ। यो भक्तपुरको तुछिमलाका अवालहरूद्धारा राख्ने गरिन्छ। तुछिमला टोलसुधार समिति अध्यक्ष हरिशरण अवाल बुसाँराका लागि बर्सेनि २० जना अवालहरू पाँचतले मन्दिरमाथि जाने गरेको बताए। ‘ज्यान जोखिममा राखेर बर्सेनि २० जना बुसाँराका लागि जान्छन्,’ उनले भने, ‘यसका लागि मात्रै पनि हजारौं रुपैयाँ आवश्यक पर्छ।’ उनका अनुसार यो परम्परा चल्दा खटिएका स्थानीय बसेर भोज खानुपर्ने चलन छ। यसका लागि पनि खर्च लाग्ने उनले जनाए।
सयौं वर्षदेखि चल्दै आएको यो चलन आर्थिक अभावमा लोप हुने अवस्था आएपछि स्थानीय चिन्तित हुन थालेका छन्। स्थानीयका अनुसार वर्षमा एकपटक झण्डोत्तोलनका लागि सरकारले चार हजार रुपैयाँ मात्रै दिँदैै आएको छ। आर्थिक अभावमा गत वर्ष पनि झण्डोत्तलन गरिएको थियो तर, गजुरसम्म नपुगी पहिलो तलामै झण्डा राखिएको थियो । संस्कृतिविद् ओम धौभडेलले पाँच तले मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा बुसाँरा मनाइँदै आएको बताए। भक्तपुरको पाँचतले मन्दिर नेपाल संवत् ८२२ मा स्थापना भएको उनी बताउँछन्। पाँचतले मन्दिरको छाना बनाउने काम सबै भक्तपुरको तुछिमलाका अवालहरूले बनाएको भन्ने धारणा छ। त्यसैकारण झन्डोत्तोलनको काम तुछिमलाका अवालहरूले गर्ने गरेको उनी सुनाउँछन्।
टौमढी टोलका भैरवनाथ एकदम डरलाग्दो, रिसाहा र घमण्डी, आफू नै ठूलो भन्ठान्ने भैरवनाथलाई शान्त गर्नका लागि भैरवनाथको अगाडि सिद्धिलक्ष्मीको स्थापना गरिएको भन्ने इतिहास छ। पाँचतले मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको उनी बताउँछन्।
ङातापोल मन्दिरमा ध्वजा फहराएपछि बोकाको बलि दिएर वर्षबन्धन पूजा गर्दा राज्यबाट विघ्न बाधा हट्ने जनविश्वास रहेको भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन्। ङातापोल मन्दिर भक्तपुर तलेजुकै एक भाग हो। तलेजुका मूल नाइकेको सिफारिसमा ङातापोलका पूजारी नियुक्ति हुने व्यवस्था रहेको छ।
Photography By : Abhiz_Capture & Amit Machamasi  साभार

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑