• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !


सुभाय् संवाददाता January 31, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विगत २ आर्थिक वर्षको पत्रपत्रिका वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । पछिल्लो वर्षको वर्गीकरणमा ३४ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । काउन्सिलले सोमबार एक विज्ञप्ति जारी गरी आ.व. २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वितरण सम्परीक्षण समितिको प्रतिवेदनका आधारमा वर्गीकरण नतिजा प्रकाशन गरिएको जनाएको हो ।

विभिन्न कारणले देशभरका पत्रपत्रिकाको वर्गीकरण झण्डै ३ वर्षदेखि सार्वजनिक हुन सकेको थिएन । नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क वर्गमा २१९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४७६ पत्रपत्रिका, ग वर्गमा १३७ पत्रपत्रिका र घ वर्गमा १५ पत्रपत्रिका वर्गीकृत भएका छन् । वर्गीकरण भएकामध्ये १७९ दैनिक पत्रिका, ३ अर्धसाप्ताहिक पत्रिका र ५०१ साप्ताहिक पत्रिका वर्गीकृत भएका छन् । यस्तै ११ पाक्षिक, ७३ मासिक पत्रिका, ७ वटा द्वैमासिक पत्रिका र ६ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५८ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका २५ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये क वर्गमा २३९ पत्रपत्रिका वर्गीकृत भएका छन् । यस्तै ख वर्गमा ४३१ पत्रपत्रिका, ग वर्गमा १६३ पत्रपत्रिका, वर्गीकरण भएका छन् । घ वर्गमा कुनै पनि पत्रपत्रिका वर्गीकरण गरिएका छैनन् । वर्गीकरण भएकामध्ये १८० दैनिक पत्रिका, २ अर्धसाप्ताहिक पत्रिका र ४८६ साप्ताहिक पत्रिका छन् । यस्तै १२ पाक्षिक, ७३ मासिक पत्रिका, ६ वटा द्वैमासिक पत्रिका र ८ वटा त्रैमासिक पत्रिका वर्गीकृत छन् । ५७ वटा साहित्यिक र ९ वटा भाषाभाषीका पत्रिका पनि वर्गीकरणमा परेका छन् । तोकिएअनुसार कागजात नपुगेका ११ र पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३४ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन ।

काउन्सिलले नतिजामा चित्त नबुझे नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने जनाएको छ । पत्रपत्रिका वर्गीकरणको नतिजा प्रेस काउन्सिल नेपालको वेबसाइट र फेसबुक पेजमा समेत राखिएको छ ।

पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लङ्घनका घटनाहरू बढिरहेको काउन्सिलले जनाएको छ । कतिपय सञ्चार माध्यमहरूले गैरजिम्मेवार भइ समाचार सम्प्रेषण गर्ने, हुबहु गर्ने, जथाभावी अडियो तथा भिडियो बनाइ सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोसम्बन्धमा काउन्सिलमा उजुरी बढेको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले यसतर्फ गम्भीर भइ स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपालको नाराअनुसार आचारसंहिताको पूर्णपालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चार माध्यमलाई आग्रह गरेको छ ।                                          साभार: प्रेसकाउन्सिलडटकम

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑