देखेको छु
पीडाको महासागरमा डुबे पछि
आक्रान्त भएर
आफ्नै हत्केलाले मुख छोपेर सान्त्वनाको गीत
सकि नसकी गाइरहेको मान्छे
आफन्तले देखाएको बर्बर आफन्तपनमा
च्यातिएको योनीमुख हत्केलाले छोपेर
आफैमा अश्रुसागरमा अनुबाद भइरहेकी एक अबोध बालिका
देशले आफ्नै आंगनमा बाँच्ने अवशर खोसेकै कारण
मरुभूमिमा पसीना पोख्दा पोख्दै पसिना सुकेकै कारण
बाकसमा बन्द भएर आँखामा प्रश्न चिन्ह टांगेर फर्केको युवकको लास
मान्छेको हातको स्पर्श नपाएर रुखो भएको जमिन
देश र जनताको सरोकारमा बेसरोकार
म देखिरहेछु
लोंगटिले मुख छोपेर
हाँसिरहेको सरकार ! ••• तीर्थ श्रेष्ठ , पोखरा
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५