• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

राष्ट्रपतिद्वारा लुम्बिनीमा नेपालमण्डल द्वार उद्घाटन


सुभाय् संवाददाताNovember 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

लुम्बिनी / भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा बनाइएको नेपाल वज्रयान महाबिहारको नेपालमण्डल द्वारको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुभएको छ। उहाँले त्यहाँ लगाइएको परम्परागत मा:ता:(भोटे ताल्चा) खोलि उक्त द्वार उद्घाटन गर्नुभएको थियो । काठमाडौं महानगर पालिकका मेयर विद्या सुन्दर शाक्यले शिलापत्र अनावरण गर्नुभएको थियो ।
यो लुम्बिनीमा बनेको नेपालको मौलिक बिहार हो । नेपाल परम्परागत बुद्ध धर्म संघको अग्रसरतामा यो महाबिहार बनेको हो ।
औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले नेपालमा जन्मिएका गौतम बुद्धको आदर्श र प्रेरणा सबै नेपालीका लागि गर्वको विषय रहेको उल्लेख गर्नुहुँदै बुद्धले लामो तपस्याबाट प्राप्त गरेको ज्ञानबाट विश्वमा शान्तिको सन्देश फैलिएको भन्नुहुँदै  बुद्ध शिक्षालाई प्रसार गर्न नेपालले पर्याप्त कार्य गर्न नसकेकोमा चिन्ता पनि व्यक्त गर्नुभयो ।                                                              कार्यक्रममा बिहार बनाउन सहयोग गरेकोमा राष्ट्रपति भण्डारीद्वारा काठमाडौं महानगरका मेयर तथा उपमेयरलाई सम्मान स्वरुप दोसल्ला ओढाउनु भएको थियो। यसैक्रममा राष्ट्रपति भण्डारीले  बिहारको निर्माणमा आर्थिक सहयोग गरेको काठमाडौं महानगरका  मेयर विद्या सुन्दर शाक्यलाई सम्मान पत्र पनि प्रदान गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै  काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो महानगरपालिकासहितको आर्थिक सहयोगमा महाबिहार बन्दा खुशी लागेको बताउनुभयो ।
नेपाल बज्रयान महाविहारका अध्यक्ष चक्रेश्वर डा. नरेशमान बज्राचार्यले नेपालमा महाबिहार बनाउन काठमाडौँ महानगरपालिकाले आफूले बोलेको कुरा पूरा गरेपछि विहारले पूर्णता पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
“लुम्बिनी विकास कोषको गुरुयोजनामा, नेपालको सम्पदा विम्बित गराउने उद्देश्यले बज्रयान विहार निर्माण गरिएको हो । यसको निर्माणका लागि विदेशीबाट कुनै पनि प्रकारको सहयोग लिएका छैनौँ । काठमाडौँ महानगरपालिकाले ४ करोड २९ लाख १८ हजार रुपैयाँ दिएको छ । विहारको भौतिक विकासका केही काम बाँकी छन् । रकम सकिएको छ । यसबेला महानगरले थप सहयोग गर्नेमा हाम्रो विश्वाश छ “प्रा.डा. बज्राचार्यले भन्नुभयो ।
बज्राचार्यकाअनुसार नेपाली बौद्धकला, बास्तुकलाले भरिएको विहार बन्न छाडेको ३ सय ७२ वर्ष भयो । यो विहार ३ सय ७२ बर्ष अघिको बौद्धकलासहितको विहार निर्माणको निरन्तरता हो ।
नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष प्रा. डा. माणिकरत्न शाक्यकाअनुसार विहार निर्माण गर्न अहिलेसम्ममा करीब १६ करोड रुपैयाँ खर्च भएको छ । यसलाई योजनाअनुसार पूर्ण गर्न थप ४ करोड लगानी चाहिन्छ ।
कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, वागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, वागमती प्रदेशका पूर्वमन्त्री डा. अजयक्रान्ति शाक्य, काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायत ,लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति रजिस्ट्रार डीन ,लुम्बिनी विकास कोषका पदाधिकारीहरु,  लुम्बिनी सांस्कृतिक नगर पालिकाका मेयर मनमोहन चौधरी लगायत को उपस्थिति रहेकोे थियो ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑