• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

सिलु तीर्थमा आधारित फिल्म ‘तुयू’काे  शुभ मुहूर्त


सुभाय् संवाददाताOctober 11, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
काठमाडाैं । च:मति सँकिपा: प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएकाे छ। मार्खुकाे डी लेकसाइद सिम्लाङ हाेटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएकाे छ।

सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले जोशीलाई जोखना देखाउँछ। जोशीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ भन्छ। श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन्। महिला पात्रले त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध ‘प्रतिरोध’ गर्छिन्। ‘सिलु म्ये’ त्यही प्रतिरोधको गीतिकथा हो।

सिलु तिर्थ गएर फर्किएका महिला पात्रलाई व्यभिचारी राजाले सिपाहीहरु पठाएर अपहरण गरी दरबार लैजान्छ। त्यस क्रममा राजाले पठाएको तारी स्वाँ (फूल) महिलालाई दिइन्छ। विछोडको संघारमा रहेको बेला श्रीमान् निरिह हुन्छ। महिलाले भने श्रीमानलाई नरुन र राजाले दिएको तारी स्वाँ श्रीमानलाई नै सिउरिदिने भन्दै राजासँग दरबारमा प्रतिरोध गरेर फेरि भेट्ने इच्छा प्रकट गर्छिन्।

दरबार पुगेपछि राजाले ती महिलालाई राजसी सेवा सुविधा दिने बताउँछन्। तर महिला भने राजाको सबै सुविधा अस्वीकार गर्दै आफ्नै श्रीमानसँग कसरी भेट्ने भन्ने युक्ति खोज्दै हुन्छिन्। त्यस क्रममा महिलाले चतुर्माससम्म आफ्नो व्रत रहेको भन्दै राजाबाट बच्न सफल हुन्छिन्। र व्रत तोड्ने दिन जोगीहरुलाई दरबारमा बोलाउन भन्छिन्। त्यही बेला ती महिलाका श्रीमान् पनि जोगी बनेर दरबार पुग्छन् र दुवै जना भाग्न सफल हुन्छन्।

यहि कथाकाे सेरोफेरोमा घुमेको छ मल्लकालमा लेखिएको ‘सिलु म्ये’। नेपाल भाषामा गोसाइकुण्डलाई सिलु भनिन्छ। म्ये भनेको गीत। नेवार समुदायमा प्रचलित ‘सिलु म्ये’ मै आधारित रहेर फिल्म ‘तुयू’ निर्माण हुने भएको छ।

उक्त फिल्मकाे शुभ मुहुर्तकाे लागि चःमतिदेखि चित्लाङसम्म ‘तुयू’ फिल्मसँग सम्बन्धित कलाकर्मिहरू पुगेका थिए । निर्माणपक्षबाट शुभ मुहुर्तपश्चात ऐतिहासिक नगर चित्लाङकाे आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नगर भ्रमण गराउनु भएकाे थियाे ।

इतिहासका अध्ययेताहरूका अनुसार परापुर्वकालदेखि गाउन सुरू गरिएकाे ‘सिलु म्ये’ जयप्रकाश मल्लकाे शासन कालमा लिपिबद्ध भएकाे हाे।

‘सिलु म्ये’ पुरुष पात्र र महिला पात्रबिचको संवाद हो। नेवार समुदायमा अहिलेसम्म प्रचलित यो बांख म्ये (गीतिकथा) ले तत्कालिन समाजको परिवेशको चित्रण गर्ने प्रयास गरिएको छ। यही परिवेशलाई पूर्णकाजी ज्यापूले फिल्म मार्फत प्रस्तुत गर्न लागेका हुन्।

फिल्ममा गीत, कथा र संवाद पूर्णकाजी ज्यापूको रहेको छ। सोहन मानन्धरको छायाङ्कन रहने फिल्मको पटकथा र सम्पादन पनि सोहनकाे हुनेछ। जुलग डंगोलको संगीत रहेको फिल्मको निर्देशन पूर्णकाजी ज्यापू र अनुज डंगोलकाे हुनेछ।

छिट्टै फिल्मको छायाङ्कन सुरु हुने निर्माण पक्षले बताउनुभएकाे छ। फिल्ममा रेशमी महर्जन, योगेन महर्जन र राजेन्द्र महर्जनको मुख्य अभिनय रहनेछ। फिल्म चितलाङकोगाउँ परिवेशमाआधारित रहनेछ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑