ललितपुर / ई. राजदास श्रेष्ठको “गुम्सिएका कुराहरू” विमोचन गरिएको छ ।
प्राविधिकको रुपमा स्वदेश र बिदेशमा लामो समय बिताएका ईन्जिनियर राजदास श्रेष्ठ यतिबेला अवकाशपछि आफ्नो जन्मथलो साँखुमा अर्गानिक खेती गरेर कृयाशील जीवन व्यतीत गर्दै हुनुहुन्छ ।
उनले जीवनमा भोगेका विभिन्न भोगाइहरुलाई कविताको रुप दिई “गुम्सिएका कुराहरू ” पुस्तक लेखेका हुन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा पाटन बखुंबहालस्थित लोक साहित्य परिषदको भवनमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक विमोचन गर्नुभएको हो ।
कार्यक्रममा नेपाल भाषा साहित्यका वरिष्ठ साहित्यकार मथुरा सायमिको पनि उपस्थिति रहेको थियो ।
” बाँच्नु मात्रै पर्छ राति सूर्य उदाएको पनि देख्न पाइन्छ ” भन्ने नेपाल भाषाको गीत सुनेको थिएँ आज त्यस्तै अनुभव हुँदैछ” , भन्दै आफ्नो पुस्तक प्रकाशित भएकोमा ई. राजदास श्रेष्ठले मन्तव्य राख्ने क्रममा खुशी व्यक्त गरे ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५