• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

बगाएको बस्तीको कथा !


सुभाय् संवाददाताJuly 12, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

    महर्जन रत्न

असारको मौसम । मनसुन सुरु हुनासाथको वर्षा । ठूलै पानी परेछ । दर्किरहेको पानी अलि कम भएजस्तो लागेथ्यो ,
खोलामा बाढी आयो , खोलाको पानीको रंग नै माटोको लेदोजस्तो । बाढीसँगै काठ दाउराका मुढाहरु बगाएर ल्याएको देखियो । खोला नजिक घर हुनेहरु दाउरा टिप्दै घर लैजान थाले । दाउरा टिप्न पाएकोमा उनीहरू खुशी देखिए । हुन त यस्तो घटना सामान्य हो ।
तर केहि बेरपछि केहि असामान्य कुरा पनि देखियो ।  नदीमा ग्याँसका सिलिन्डर भाडाकुडा पनि बगाएर ल्याएको देखियो । सायद माथि कतैको बस्ती बगाएको हुनसक्छ ।
खोला नजिकको बजारका मानिस पनि ज्यानको बाजी राखेर नदीबाट सिलिन्डर भाडाकुडा टिप्दै घरतिर लान थाले । दु:ख भएपनि  यसरी सित्तैमा भाडाकुडा सिलिन्डर टिपेर घरमा ल्याउन पाउँदा उनीहरू पनि खुशी थिए । उनीहरूले यी बस्तु कहाँबाट बगाएर ल्याए त्यसको कुनौ मतलब राखेनन् । सामान हात पार्न सके त्यही ठूलो उपलब्धि  बनेको छ ।
तर समयको कुरा । यो कति बलवान छ भने – केहि समयमा नदीमा पानीको बहाव बढ्दै गयो । भेल बस्तीतिर पनि पस्न थाल्यो ।
“भाग भाग बाढी बस्तीमा पस्यो । ज्यान रहे पछि सबै रहन्छ ।माथि सुरक्षित ठाउँमा जानुहोस् ! यता खतरा छ ! ” प्रहरीले माइकिङ गर्‍यो ।
नदीले बस्ती र बजार बिस्तारै डुबाउन थाल्यो । सबै बस्तीबासी माथितिर डाँडामा  भाग्न थाले ज्यान जोगाउन । उनीहरूसँग एकसरो लुगा बाहेक केहि थिएन ।
यति नैं बेला पानी फेरि बेतोडले पर्‍यो । मौसम निकै क्रुद्ध देखियो । नदीले यति बिकराल रुप लियो जुन अकल्पनीय थियो । घर बजार नदीले डुबानमा पार्दै लग्यो । नदीको धारले कुनै कुनै घर भत्काई बगाउन पनि थाले साथै त्यहाँका सरसामान पनि बगाइ लगे । अघि बाढी आउँदा टिपेको सिलिन्डर , सरसामान , दाउरा टिपेर खुशीयालि मनाएका बस्तीबासीहरु माथि डाँडामा बसेर आफ्नो घर बगेको मुटु थामेर हेरिरेहे !
आकाश गर्जन छोडेन । नदीले सबैतिर बाटो बनायो । अगाडि बढ्यो ।
नदीले सिलिन्डर , भाँडाकुँडा ,पैसा लट्टाकपडा लगायत सबैथोक  बगाइरहे ।
परको बस्ती बगाउँदा खुशीसाथ सामान टिप्दै थिए । त्यतिबेला सोचिएन यो  बाढीको भय बारे ।                                  मूकदर्शक बनिरहे खोला किनारका बजारबासी !
रेडियोमा समाचार बज्दै थियो बंगाल खाडीमा आएको आँधीको कारण देशभरि भारी वर्षा ! ठाउँ ठाउँमा बाढी पहिरो धेरै धनजनको क्षति ….. !

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • देवदूतहरु
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑