• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / समाचार

मरु सत: अर्थात् काष्ठमण्डपको ९०% पुन:निर्माण कार्य सम्पन्न


सुभाय् संवाददाताJune 30, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट


विजयरत्न तुलाधर असंबरे ,काठमाडौं / काठमाडौंको परिचय दिने मरु सत: अर्थात काष्ठमण्डप पुनर्निर्माणको काम करिब नब्बे प्रतिशत सम्पन्न भएको छ भने यसैबीच काठमाडौ महानगर पालिकाकाले यस कार्यका लागि थप एक करोड रुपैयाँ अनुदान दिएको छ । उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणको काम भैरहेको काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु एक करोड अनुदान दिएको हो ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो । सुरुमै काठमाडौँ महानगरपालिकाले ५० लाख दिएको थियो । पुनः पाँच–पाँच करोड दिएको महानगरपालिकाले अहिले दिएको अनुदानसहित कुल रु ११ करोड ५० लाख पुगेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए ।

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए ।

मेयर शाक्यले पुनर्निर्माणको काम ९० प्रतिशत बढी सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटनको चरणमा पुग्ने बताउनुभयो र समयमै काम सम्पन्न गर्न लकडाउन र निषेधाज्ञाको अवधीमा पनि स्वास्थ्य मापदण्डको पालना गर्दै र सकेसम्म भौतिक दूरी कायम गरी पुनर्निर्माणको कामलाई निरन्तरता दिदैँ आएको कु्ा उहाँले बताए ।

काष्ठमण्डपको पुनर्निर्माणको काम काठ अभावका कारण पनि सामान्य ढिलाई भयो भने त्यो समस्या पनि समाधान भैसकेकोले अब काठ अभावले काम नरोकि कुरा काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए ।

संयाेजक सांसद शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑