• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 02, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

२८ वर्षसम्म पनि रहस्य मैं रह्यो दासढुंगा काण्ड !


सुभाय् संवाददाता May 17, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

सिमसिम पानी परीरहेको त्यो साझँ हुदैँ गरेको समय । शायद हामी मारिदैछौ भन्ने कुनै कल्पना थिएन होला स्वर्गीय जननेता मदन भण्डारी र जीवराज आश्रितलाई । पोखराबाट फर्किदै गर्दा चितवनको दासढुंगामा एउटा भुष थुपारिएको ठाँउ छेउबाट बा अ च ८७२३ नम्बरको जीप त्रिशुलीमा खस्यो । कति पीडाका साथ उनीहरुको मृत्यु भयो देख्ने कोही छैनन्, तर कहानी सुन्ने धेरै छन् । यति सम्म कि जीवराजको शब त्यही गाडीमा भेटियो भने भण्डारीको शब नारायणीको भंगालोमा २ दिन पछि मात्र फेला पर्यो ।
सयोगबस यो दुर्घटना या हत्या जे भए पनि बलियो प्रमाण थियो चालक अमर लामा । तर लामा पनि जेलबाट निस्के पछि गोलीको शिकार भए । भएको देखिने एउटा साक्षीको समाप्ती पछि मदन भण्डारीको हत्यारा पत्ता लगाउने कुरा दन्त्य कथा मात्रै बन्ने दिशातिर अघि जादै छ ।
केवल एमालेका नेता भएकाले मात्र होईन, राजतन्त्रलाई चूनौती दिने, विदेशी शक्तिलाई चु्नौती दिने र एक छत्र शासन गरीरहेको काँग्रेसलाई चुनौती दिने सही या गलत त्यसको आधार फरक होला तर कम्युनिष्ट आन्दोलनको नयाँ स्वरुपलको ब्याख्या गरेर ठूलो प्रभाव बनाउन सफल नेता भण्डारी निकै लोकप्रिय र स्थापित नेता थिए । तर २८ बर्ष सम्म पनि उनलाई त्रिसुलीमा खसालेर मार्ने योजनाकार को हो ? के कारण उनलाई मारिएको थियो यो देशले पत्ता लगाउन सकेन , उनको मृत्यु पछि बनेको दश वटा कम्युनिष्ट सरकारले एक पटक पनि शक्तिशाली कदम चालेन । यो दुखद छ ।

श्रीमति विद्यादेखि पार्टी नेता सबै मौन किन ?

स्वर्गीय मदन भण्डारीको नाम जोडिएकाले होस् या कम्युनिष्ट आन्दोलनमा योगदान गरेका कारणले होस्, उनकी जीवन संगीनी विद्यादेवी भण्डारी दोस्रो कार्यकाल सम्म राष्ट्रपति बनिरहेकी छन् । बीचमा कुनै पनि भवितव्य भएन भने उनी निरन्तर ७ बर्ष सम्म राष्ट्रप्रमुृख बन्ने प्रथम नेपाली महिला बन्ने छिन् । उनी यति शक्तिशाली हैसियतमा हुदाँ समेत उनले आफ्नै पतिका हिशाबले परिवारको सदस्यका हिशाबले समेत मदन भण्डारीको हत्यारा खोज्न त्यत्रो प्रयास र दबाब नबनाएको गुनासो एमाले वृतभित्र छ ।
अर्कोतिर नेकपा एमालेको बहुमतको सरकार बने पछि वा आफूहरु सरकारमा पुगे पछि हत्यारा पत्ता लाग्छ भनेर त्यतिखेर बयानबाजी गर्ने र मदनभण्डारीको हत्या सम्बन्धि पार्टीबाट छानविन गर्न बनेको आयोगका प्रमुख केपी शर्मा ओली मदन भण्डारी र जीवराजको हत्याको करीब डेढ बर्ष पछि देशका गृहमन्त्री भए, मनमोहन अधिकारी प्रधानमन्त्री ।

शूरुमा निकै ठूलो आन्दोलन गरेको एमाले जब सरकारमा गयो तब उसले नेता भण्डारीको हत्यारा खोज्ने क्रममा सिन्को भाँचेन ।
प्रचण्डले आफू पनि मदन भण्डारी जस्तै मारिन सक्ने भन्दै बेला बेलामा भण्डारीको हत्या देशी विदेशी शक्तिले गराएको बताउने गरेका छन् । तर दुई पटक प्रधानमन्त्री भएका प्रचण्डले पनि त्यो पत्ता लगाउन सकेनन् ।
अहिले ओली प्रधानमन्त्री प्रधानमन्त्री भएको तीन बर्ष पार भएको छ त्यो पनि दोस्रो पटक तर अहँ अहिले सम्म उनको मुखबाट मदन भण्डारीको हत्यारा खोज्ने कुरा सुनिएको छैन भने सरकारले कुनै कदम चाल्न सकेको छैन ।
दुई वर्ष अघि मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने क्रममा अहिलेका गृहमन्त्री राम बहादुर थापाले मदन भण्डारीको हत्यारा छिट्टै पत्ता लाग्ने भनेर बोले । शायद त्यो भण्डारीको निर्जीव शालिकले त सुनेन होला तर सञ्चारमाध्यमका लागि समाचारको बिषय बन्यो तर सरकारको खोजी र हत्यारा पत्ता लगाउने प्रकृया कहाँ पुग्यो कुनै रिपोर्ट सार्वजनिक छैन ।
पहिला २२ महिना प्रधानमन्त्री भएका मदन भण्डारीपछि लामो समय पार्टीको नेतृत्व गरेका माधव कुमार नेपालले पनि कुनै कदम चालेनन् । बरु त्यसको साटो उनले मलाई कसैले सम्झाएन, मैले पनि बिर्सेछु भनेर प्रतिकृया दिएको विभिन्न मिडियामा प्रकाशित भएको थियो । यो कति सम्म लाचार तर्क छ एउटा कुसल र स्थापित नेताको हत्यारा पत्ता लगाउने कुरामा सरकार प्रमुख, पार्टी प्रमुखले नै बिर्से पछि के हुन्छ ?
त्यस पछि मदन भण्डारीको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउकोको संज्ञा दिएका झलनाथ खनाल पनि प्रधानमन्त्री भए तर उनले पनि केही माखो मारेनन् मदन भण्डारीको हत्यारा पत्ता लगाउन । त्यत्रो आन्दोलन गरेर हत्यारा पत्ता लगा भनेर काँग्रेसको सरकार विरुद्ध आन्दोलन गर्ने नेताहरु आफै सरकार प्रमुख भएर आए पछि आश्चर्यजनक मौनताको पछाडी के रहस्य छ ? यो भन्न सक्ने स्थिति छैन ।

अमर लामाको हत्या पछि…..

दासढुंगाको रहस्य कस्तो छ भने जीप रोक्न कुनै ब्रेक लगाउने कोशिस गरेका थिएनन् चालक अमर लामाले भन्ने स्पष्ट हुन्छ । नेकपाकै नेताहरुले पटक पटक त्याहाँ भुष थुपारिनु, गाडीमा ब्रेक लगाउने कोशिस नहुनु (भएको भए सडकमा टायर घोटिएको केही निशाना हुनेथियो ) , यति सम्म कि गाडीमा रहेका दुई नेताको मृत्इु हुनु तर चालक भने सकुसल रहनु । उनी चितवन पुगेर नेताहरुलाई फोन गर्न भ्याउनु , उनको गोजीमा रहेको पैसा समेत नभिजेको अवस्थामा हुनु ।
यी प्रमाणहरुले अमर लामालाई अनुसन्धान गर्दा घटनाको रहस्य स्पष्ट ढंगले खुल्ने संभावना थियो । तर उनी केही बर्ष जेल बसेर निस्के पछि ६० सालमा गोली हानेर हत्या गरियो । त्यो हत्या माओवादीले गरेको भन्ने एमालेको आरोप रहेको थियो । तर त्यो पनि त्यतिकै सेलायो र मदन भण्डारीको हत्यारा पत्ता लाग्ने संभावना झन झन कमजोर बन्यो ।

भण्डारीको हत्या हो भन्ने केही शंकास्पद कारणहरु छन्

भण्डारी र आश्रितको रहस्यमय हत्या पछि एमालेले आन्दोलन गर्यो । काँग्रेसको सरकारले पूर्व प्रधानन्यायधीश प्रचण्डराज अनिलको नेतृत्वमा छानविन आयोग बनायो तर त्यसले हत्या र दुर्घटना केही पनि किटान गर्न सकेन, एमालेको आन्दोलन रोकिएन ।
त्यस पछि फेरी बहालवाला न्यायधीश त्रिलोक प्रताप राणाको नेतृत्वमा अर्को आयोग गठन गरियो । यसले पनि हत्या हो भनेर एकीन निष्कर्ष दिएन ।
पद्मरत्न तुलाधरको नेतृत्वमा अर्को स्वतस्फुर्त आयोज जस्तो बनाईयो । त्यसले मात्रै यो दुर्घटना नभई षड्यन्त्रमुलक हत्या भएको प्रतिवेदन दियो ।
एमालेले केपी ओलीकै नेतृत्वमा आयोग बनाएको थियो पार्टीको तर्फबाट । त्यही बेला एमालेको सरकार बन्यो , कार्यकर्ता र जनताले दबाब दिए । संभवतः मदन भण्डारीको हत्या पछि बढेको सहानुभुति र उनको प्रभावकै कारण एमाले सरकारमा जान सक्ने गरी निर्वाचन जीत्न पनि सफल भयो तर दुर्भाग्य आफ्नै सरकार हुदाँ पनि तात्कालीन एमालेले भण्डारी हत्याको छानविन र अनुसन्धान गर्न सकेन । समय नपुगेको , छोटो समय भएको भनेर टारीयो ।

विदेशी शक्तिको भूमिकामाथिको चर्चा ?

नेपालमा चाहे राजा बीरेन्द्रको हत्या होस्, मदन भण्डारी वा चाहे कैयौ मुसलमान नेता होस् धेरै हत्यामा चर्चाको रुपमा विष्लेषणका बेला अमेरीकी गुप्तचर संस्था सिआईए र भारतको रअलाई जोड्ने गरेको देखिन्छ नेताहरुले । बीरेन्द्रको बंशनाश भएका बेला माओवादीले अमेरीका भारतलाई यसरी जोडेको थियो । मदन भण्डारीको हकमा पनि प्रचण्डले देशी विदेशी प्रतिकृयावादीको षड्यन्त्र भन्ने गरेका छन् । तर त्यस्तो षड्यन्त्रको स्पष्ट प्रमाण र किटान र्ग सक्दैनन् ।
तर अमेरीकीहरुले त्यस बेला नेपालमा कम्युनिष्ट फैलिदै गएको सूचना र विष्लेषण भने भएको देखिन्छ । अमेरीका कम्युनिष्ट विरोधी प्रमुख शक्ति नै हो । त्यतिखेर अग्रेजी अखबार न्युज विकले “ ईन नेपाल कार्ल माक्र्स लिभ” भन्ने शीर्षक राखेर मदन भण्डारीको अन्तवार्ता प्रकाशित गरेको थियो । बिबिसी सहित अन्य केही अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले समेत मदन भण्डारीलाई जोडेर कम्युनिष्ट प्रभावका बारेमा समाचार रिपोर्टहरु प्रशारण प्रकाशन गरेका थिए । नेपालमा त्यतिखेर अमेरीकी राजदुत जुलिया चाङ थिए । जसले काग्रेस नेता शेर बहादुर देउवा र आरजुको बिबाहमा भूमिका खेलेको भनिन्छ ।
त्यस पछि भारतको हकमा पनि भ्रमणको निम्तो आए पनि नगएको भन्ने छ । त्यसका अरु भित्री पाटाहरु सार्वजनिक त्यति छैनन् ।

प्रश्न गर्ने केही पाटाहरु

गाडी दुर्घना हुनु पर्ने कारण के थियो ? कुनै गाडीसगँ ठोक्किएको थिएन । कुनै आकस्मिक ब्रेक लगाएर टायर घस्रिएको पनि थिएन । तर एक सय ५० फिट तल ढृंगामा बजारिदै गएको गाडीबाट दुई नेता पानीमा परेर , बजारिएर मर्नु तर त्यसका चालक अमर लामा सकुसल बाँच्नु यो प्रथम प्रश्न हो , जसलाई प्रश्नको रुपमा उठाईयो तर कठोर अनुसन्धानको बिषय बनाईएन । फलतः उनको समेत हत्या भयो । १० बर्ष पछि । अमर लामाले पौडेर बाँचे भनेका थिए तर उनको सटको गोजीमा भएको पैसा निकाल्दा भिजेको थिएन । लुगा भिजेको थिएन । गाडी फोर ह्वील न्युट्रलमा राखेर कुदाईनु, त्यति सजिलो बाटोमा एक नं गियरमा गाडी हाँकिनु । साथै त्यो दुर्घटना स्थलमा भुषको दुई वटा थुप्रो कसले थुपारेको थियो ? त्याहाँ कुनै कृषकको घर थिएन । फेरी पनि सडकमा भुषको थुप्रो अनि त्यसैको बीचबाट गाडी खस्ने ? कतै त्यो गाडी त्यहीबाट खसाल्नु पर्छ भनिएको त थिएन भन्ने प्रश्न उठ्यो तर जवाफ २७ बर्ष सम्म पनि आएको छैन ।
त्यसै गरी सरकारको दुई वटा आयोगले बनाएको प्रतिवेदन, एमाले आफैले ओली नेतृत्वमा बनाएको आयोगको प्रतिवेदन, पद्मरत्न तुलाधर नेतृत्वको आयोग । यति आयोग बनाएर काम गर्दा पनि रहस्य किन खुटिएन ? अझ अर्को रहस्य त मृत शरीरबाट भण्डारी र आश्रितको भिसेरा रिपोर्ट बनाउन तात्कालीन डा. श्याम तामाङले मुटु, कलेजो, गिदीका केही टुक्रा राख्न लगाएका थिए तर पछि त्यो नै फेरीएको कुरा समेत सार्वजनिक भएको थियो । यस्तै पोष्टमार्टममा पनि स्वभाविक दुर्घटना , पानीका कारण मात्रै मृत्यु नभई स्वास अवरुद्ध भएको समेत रिपोर्ट दिईयो । तर केही लागेन । ओली नेतृत्वमा बनेको प्रतिवेदन अहिले सम्म पार्टी कार्यलयमा छ या कहाँ छ पत्तो छैन ।
मदन भण्डारीको हत्या पछि २०५१, २०५४, २०५७,२०६३,२०६६, २०६८, २०७० र २०७२, ७३ र ७४ देखि हाल सम्म सालमा एमाले सरकारमा सहभागी हुदै र नेतृत्व गर्दै आईहेको छ । मदन भण्डारीकी पत्नी विद्या समेत दुई पटक निर्वाचन जीतेर राष्ट्रपति हुनु अघि रक्षा मन्त्री जस्ता पद पनि पाएकी थिईन् तर २७ बर्षमा विद्याका पति ।, एमालेका नेता समग्रमा भन्दा जनताका अलि आशलाग्दा रुपमा उभिएका नेता, राजतन्त्रलाई चुनौती दिन सक्ने नेताको हत्या वा मृत्यु ईतिहासको पानामा वा दन्त्य कथामा सीमित हुने दिशातिर जादै छ तर पत्तो केही लाग्दैन । अहिलेको नेकपाको घटनाक्रम हेर्दा अझै पनि
पत्ता लाग्ने संभावना कमै देखिएको वाम बुद्धीजीवीहरु बताउछन् ।

साभार:मिर्मिरे

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑