काठमाडाैं / नेपालमा कोरोनाभाइरसका २,२२० जना नयाँ संक्रमितको थपिएको छ । आज ८, ८४४ जनाको पीसीआर परीक्षण गरिएकोमध्येको यो रिपोर्ट आएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १०, ५८२ जनामा भाइरसको संक्रमण सक्रिय रहेको बताएको छ ।
यतिबेला काठमाडाैं उपत्यकामा काेराेना भाइरसकाे संक्रमण ह्वात्तै बढेको देखिएको छ ।
नेपालभर पीसीआर परीक्षण गरिएकोमा कोरोना भाइरसका २,२२० जना नयाँ सङ्क्रमित र एन्टीजेन परीक्षणमा १३१ जनामा पोजिटिभ परिणाम पाइएकोमा उपत्यकामा मात्रै १,०५१ जना संक्रमित भएकाे पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा काठमाडाैं जिल्लामा ७८६ जना, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जनाकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
यस तथ्यांक अनुसार देशभर संक्रमित पहिचान भएकामध्ये उपत्यकामा मात्र करिब ४५ प्रतिशत संक्रमित देखिएको छ ।
कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले आवश्यक नभइकन घरबाट ननिस्कन भनेको छ ।
आफ्नो सुरक्षा आफैंले गर्नुपर्ने अवस्था आएको छ । त्यसैले सबैले आवश्यक मापदण्ड पूरा गर्नु नैं उत्तम उपाय हुनेछ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५