महराष्ट्र/ भारतको आर्थिक राजधानी मुम्बई समेत रहेको राज्य महाराष्ट्रमा बढ्दो कोरोना भाइरस संक्रमणको घटनालाई ध्यानमा राख्दै राज्यले २८ मार्च आइतवारदेखि राती कर्फ्यू लागू गर्ने घोषणा गरेको छ।
मुख्यमंत्री उद्धव ठाकरेको कार्यालयले यसबारे जानकारी दिएको छ। यो कर्फ्यू कतिञ्जेल लागू हुनेछ, पूर्ण जानकारी प्राप्त भएको छैन, तर बेलुका ८ बजेदेखि बिहान ७ बजेसम्म बन्द राख्न आदेश दिइएको छ।
प्रकोप व्यवस्थापन र पुनःस्थापना विभागले चाँडै यस सम्बन्धमा छुट्टै आदेश जारी गर्ने कुरा मुख्यमन्त्री कार्यालयले जनाएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५