• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

जुनकिरीको कथा. ….!


Date: 1969 Location: Kathmandu, Kathmandu Description: Aerial view of the tundikhel and Ratna Park looking north towards the Narayanhiti Palace.
सुभाय् संवाददाताFebruary 1, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सुशील ताम्राकार

धेरै बर्ष अघिको कथा हो यो । त्यो बेला सडकमा ट्रक हैन लरी मात्र गुड्थे, भक्तपुर मिनिबसहरुले मात्र जोड्थे , टेम्पुहरुले नक्साल-बालाजु -पाटनढोका र महाराजगंज मात्र चिन्थे , बाँकी गन्तब्यहरु पदचापहरुले चुपचाप नाप्थे ।
हाम्रो देवाली ( दे:पुजा ) सहर भन्दा धेरै टाढा, लैनचौर, राजदरबारको उत्तर ढोकाको नि उत्तर भिरालो चौर भएको ठाउँमा थियो । दे:पुजा हामी जस्ता भाराभुरीको लागि स्कुल छुट्टी अनि पिकनिक हुन्थ्यो । बिहानै देवता राख्ने खट लिएर जान लरी मरु डबलीको शोभा बढाउँथ्यो । बिहानै जब म्वायलीको आवाज ( एक प्रकारको सहनाई ) गुन्जिंथ्यो, त्यो जानाउ घन्टी हुन्थ्यो, लरी चढ्न जाने ।
देवता बाहेक लरी चढ्ने अधिकार हामी बालक संघकै हुन्थ्यो। लैनचौरको हाम्रो दे:गुख्यो( देपुजा चौर) पुग्ने बित्तिकै हामी मन्दिर संगैको भिरालो चौरमा लडिबुडी खेल्न पुग्थ्यौं । किन कि हाम्रो लागि हरियो दुबे चौर भनेको तिन्ख्यो ( टुँडिखेल ) मात्र थियो ।
सहरको मध्य भागका हामी वासिन्दाको लागि बेफिक्री खेल्ने त्यो भन्दा अच्छा मौका पाइन्नथ्यो। लडे भने चढे भने नि केही नहुने मखमली मैदान इँटा र ढुंगा लिपेको आँगनमा कहाँ हुन्थ्यो ? बैसाख जेष्ठको घामलाई हामी घाम मै सुकाईदिन्थेम । यति खेल्थेम कि बिचमा भोज ब्रेकमा मात्र ब्रेक हुन्थ्यो ।
भोजमा सबै भन्दा पहिले मुख चुठ्ने हामी राष्ट्रिय खेलाडीहरु हुन्थेम । फेरी खेल्न पुग्थ्यौं त्यहि भिरालो पाखामा। थाहै नपाई अँध्यारो हुन्थ्यो र हामी मध्येका छुल्याह मुल्याहले – “भूत वल .. …….ख्या: वल ” भनेर तर्साएर पछि झाल्य्याँस हुन्थेम । अँध्यारोमा भूत प्रेत पिसाच ख्याक आउँछ भन्ने डर सबैमा हुन्थ्यो । सडक बत्ती वा वस्तीको उज्यालो हुँदैनथ्यो। अब परेन त फसाद ? अँध्यारोमा भूतले तान्न सक्छ, ख्याकले छोप्न सक्छ । त्यैबेला हाम्रा लागि उज्यालो लिएर आउंथ्यो जुनकिरी । बत्ती बलेको ठाउँमा भूत प्रेत आउँदैन भन्ने दिव्यज्ञान पनि थियो हामीमा । हामी जुनकिरी समाएर त्यसकै फेरमा बैतरणी पार गर्ने कोशिश गर्थ्येंम र माथी पेट्रोल्म्याक्सको उज्यालो भएको ठाउँमा पुग्थेम र बा आमाको गाली स्विट डिसको रुपमा खान्थेम ।
अचेल न देवाली बाँकी रह्यो, न त्यो पाखो , न जुनकिरी । मात्र मनको कुनामा आफ्नो बाल्यकालको त्यो उज्यालो पिलपिल गरिरहेको भेट्छु ।
अस्तु! #संस्मरण#

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑