काठमाडौं । गायक धुव्र केसीको बिहीबार निधन भएको छ । भैंसेपाटीस्थित अर्किड केयर सेन्टरमा साँझ ४ : ४५ बजे उनको निधन भएको हो ।
३० को दशकमा नेपाली संगीतमा उत्कृष्ट गीतहरू दिएका केसी चर्चित आधुनिक गायक हुन् । उनले ‘मायालु हजार हुन्छन्’, ‘नरोउ नरोउ साइली’, ‘अरु कालो रेलको धुँवाले’, ‘तिम्रो माया कागजको’ जस्ता चर्चित गीतमा स्वर दिएका थिए ।
‘मायालु हजार हुन्छन्’ बोलको गीतले धुव्र केसीलाई चर्चाको शिखरमा पुर्याएको थियो ।
वि.सं २००२ साल मंसिर ३ गते पिता यज्ञबहादुर केसी र माता पदमकुमारी केसीको कोखबाट जेठो छोराको रुपमा उनले जन्म लिएका थिए ।
उनको परिवारमा तीन छोरी रहेका छन् । उनी नायक भुवन केसीका काका हुन् । – साभार
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५