• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

फाइजर कोरोना खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको दाबी


सुभाय् संवाददाताNovember 19, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

द न्यूयोर्क टाइम्स /औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।
द न्यूयोर्क टाइम्सका अनुसार कम्पनीले बुधबार कोरोना विरूद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताएको हो। खोपको अन्तिम परीक्षणको प्रारम्भिक नतिजाहरूले कुनै गम्भीर असर नभएको पनि कम्पनीले दाबी गरेको छ।
नतिजाहरूका अनुसार यो खोपले कोरोना भाइरसबाट हल्का र गम्भीर असर परेकाहरूलाई जोगाउने कम्पनीको भनाइ छ। त्यस्तै वृद्धहरूमा भने यो खोप ९४ प्रतिशत मात्रै प्रभावकारी छ।
फाइजरका अनुसार यसले खोप उपलब्ध गराउन अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) सँग केही दिनमै आकस्मिक अनुमति माग्ने छ।
‘यो विनाशकारी महामारी अन्त्य गर्न सहयोग पुर्‍याउने खोप अगाडि बढाउन ऐतिहासिक आठ महिने यात्राको अध्ययनको नतिजाले महत्वपूर्ण छाप छाडेको छ,’ फाइजरका प्रमुख कार्यकारी डा. अल्बर्ट बोउर्लाले विज्ञप्ति मार्फत भनेका छन्।
यदि एफडिएले दुई डोजको खोप बनाउन अनुमति दिए यो वर्ष अन्त्यसम्म ५ करोड डोज उपलब्ध गराउने कम्पनीले बताएको छ। अर्को वर्षसम्म भने एक अर्ब तीस करोड डोज उपलब्ध हुनेछ।
यसअघि प्रारम्भिक अनुसन्धानमा जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले आफ्नो खोप ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो। पछि सोमबार अर्को औषधि निर्माता अमेरिकी कम्पनी मोडेर्नाले प्रारम्भिक अनुसन्धान अनुसार आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको थियो।
फाइजर र बायोएनटेकले ४४ हजार जनामाथि परीक्षण गरेको थियो। त्यसमध्ये आधाले खोप लिएका थिए।
त्यसपछि अनुसन्धानकर्ताहरूले दुवै समूहका कति जनामा कोरोना देखिन्छ भनी हेरेका थिए। कम्पनीका अनुसार कुल एक सय ७० जना संक्रमितमा आठ जना खोप लिएका व्यक्तिहरू थिए।
त्यस्तै कुल संक्रमितमध्ये १० जनाको अवस्था गम्भीर थियो जसमध्ये एक जनाले खोप लिएका द न्यूयोर्क टाइम्सले लेखेको छ।
मोडेर्नाको परीक्षणमा भने सहभागीमध्ये ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमध्ये पाँच जना संक्रमित खोप लगाएका व्यक्तिहरू थिए। संक्रमितहरूमा ११ जना गम्भीर अवस्थाका थिए तर उनीहरू कसैले पनि खोप लगाएका थिएनन्।
फाइजरले भने यो खोप जुनसुकै उमेर, जात र समुदायका व्यक्तिहरूमा उत्तिकै प्रभावकारी रहेको बताएको छ। उसको परीक्षणमा सहभागीमध्ये ३.७ प्रतिशतलाई भने खोपको दोस्रो डोज लिएपछि थकान महशुस भएको थियो। दुई प्रतिशतलाई टाउको दुख्ने समस्या देखेको थियो भने वृद्धहरूमा कम र हल्का असर देखेको कम्पनीले बताएको छ।
अमेरिकी संघीय स्वास्थ्य अधिकारीहरूका अनुसार खोपको पहिलो डोज सम्भवतः स्वास्थ्य अधिकारीहरूलाई नै दिइनेछ। त्यस्तै बढी जोखिममा रहेका वृद्धहरूलाई पनि दिइनेछ।
फाइजर र बायोएनटेकको खोप प्रभावकारीताबारे धेरै अध्येताहरूले सकारात्मक र उत्साहजनक टिप्पणी दिएका छन्।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑