• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

प्रचण्डको प्रस्ताव फिर्ता नभए मंसिर तीन गतेको सचिवालय बैठक स्थगित गर्ने ओली पक्षको निर्णय


सुभाय् संवाददाता November 15, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

दिपा दाहाल

काठमाडौँ / नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो शुक्रबार सचिवालय बैठकमा पेश गरेको प्रस्ताव फिर्ता नलिए आगामी मंसिर तीन गते निर्धारित पार्टी केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय गरेको छ।

सबै पार्टी कमिटीमा ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बहुमत पुग्ने र प्रचण्डको प्रस्ताव पारित भएमा नैतिकरुपले पनि ओली यथास्थितिमा बस्न नमिल्ने हुँदा प्रस्ताव फिर्ता नलिइएमा मंसिर तीन गते निर्धारित केन्द्रीय सचिवालय बैठक स्थगित गर्ने निर्णय ओली पक्षले शुक्रबार रातीनै गरेको खुलेको छ।

शुक्रबारको केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले ओलीको कार्यशैलीमाथि कडा प्रश्न र टिप्पणी गर्दै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए। त्यसबारे आगामी सचिवालय बैठकमा गम्भीररुपमा छलफल हुनुपर्ने प्रचण्ड र उनलाई साथ दिइरहेका अन्य चार जना सदस्यले अडान लिएका थिए।

त्यसपछि पार्टीमा हालसम्म उत्पन्न विवादलाई समेटेर आगामी मंसिर तीन गते बस्ने सचिवालय बैठकका लागि कार्यसूची निर्माण गर्ने निर्णय गर्दै बैठक समाप्त भएको घोषणा गरिएको थियो।

बैठक समाप्त भएलगत्तै शुक्रबार बालुवाटारमा भेला भएको ओली पक्षले सुरुमा प्रचण्डलाई प्रस्ताव फिर्ता गर्नका लागि चौतर्फी दबाब दिने, उनले प्रस्ताव फिर्ता नगरेमा बैठकनै स्थगित गर्ने निर्णय गरेको बालुवाटार स्रोतले देशसञ्चारलाई बतायो।

शुक्रबार राती गरिएको निर्णय अनुसार शनिबार सबेरैदेखि ओलीका ‘योद्धा’का रुपमा चिनिएका शंकर पोखरेल, गोकुल बास्कोटा, सूर्य थापा र ईश्वर पोखरेलले सामाजिक सञ्जालमार्फत प्रचण्डको प्रस्तावले पार्टी एकतालाई संकटमा धकलेको, त्यो फिर्ता नभएमा पार्टी फुट्ने चेतावनी दिनुका साथै प्रस्ताव फिर्ता नभएसम्म आसन्न बैठक मात्रै नभई संवादसमेत नहुने घोषणा गरेका थिए।

बालुवाटार स्रोतले भन्यो,‘शनिबार सामाजिक सञ्जालमा देखिएका आक्रोशहरु शुक्रबार बालुवाटारमा भएको निर्णयअनुसारनै आएका हुन्। त्यो स्वाभाविक पनि हो। ओली पक्ष अब प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रस्ताव पिर्ता नभएसम्म बैठक बस्न सक्दैन।’

शुक्रबार राती आफ्नो पक्षको भेलामा ओलीले प्रचण्ड पक्षका नेता नेपाल र बामदेव गौतमलाई पनि डाकेका थिए। ओलीले किन बोलाए? आशंकासहित बालुवाटार पुगेका नेता नेपाल र गौतम झनै आक्रोशित हुँदै फर्किएका थिए, ओलीको धम्की नरोकिएपछि।

स्रोतका अनुसार आफ्ना पक्षका महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, रामबहादुर थापा बादलसँगै नेता नेपाल र गौतमलाई अगाडी राखेर ओलीले कडा शैलीमा सोधेका थिए,‘पार्टीलाई के गर्न खोजेको? यस्तो तमासाले पार्टी अगाडि बढ्छ जस्तो लाग्छ?

जबाफमा तत्कालै नेता गौतमले भनेका थिए,‘ दोषी तपाईँ हो। समस्या सुल्झाउने जिम्मेवारी तपाईँको हो। हामीलाई सोधेर के हुन्छ अब ?’ त्यसपछि गौतमले ओलीलाई ‘तपाईँसँग बसेपछि मेरो झगडा परिहाल्छ। बरु म हिँडे’भन्दै ओलीसँग झोँकिएर आफ्नो निवास भैँसेपार्टीतर्फ हानिएका थिए।

गौतम हिँडेपछि ओली नेपालतर्फ सोजिएका थिए। उनले नेपाललाई लक्षित गर्दै भनेका थिए,‘ यस्तै हो भने पार्टीमा ठूलो कदम चाल्छु। त्यसपछि पछुताउनुको विकल्प छैन।’

ओलीको यस्तो धम्की पटकपटक सुनेका नेपालले उनलाई कडा जबाफ फर्काएको स्रोतले बतायो।

नेपालले ओलीलाई प्रश्न तेर्साएका थिए,‘तपाईँले आफ्नो गल्ती हेर्न नपर्ने हो? तपाईँले आफूलाई सच्याउन नपर्ने हो? बारम्बार कसलाई धमास दिनुहुन्छ? कसलाई धम्की दिनुहुन्छ? अब तपाईँसँग कोही डराउनेवाला छैन।’ नेपाल ‘अब जे हुन्छ बैठकमा हुन्छ’ भन्दै जुरुक्क उठेर हिँडेका थिए।

त्यसपछि ओली पक्षको बाँकी सदस्यहरुले प्रचण्ड-नेपाल समूह आफूलाई निकै गलाएको अब झुक्ने ठाउँ नभएको निष्कर्ष निकाल्दै प्रचण्डको प्रस्ताव फिर्ता नभएमा बैठक नडाक्ने निर्णयमा पुगेको हो।

उक्त निर्णयमा भूमिगतकालदेखि प्रचण्डलाई साथ दिएपनि हालआएर ओली मन्त्रिपरिषद्मा सामेल भएपछि ओलीसँग नजिकएका गृहमन्त्री रामबहादुर शापा ‘बादल’ले मौन समर्थन जनाएका थिए।

यता प्रचण्ड-नेपाल पक्ष भने सचिवालय बैठकबाटै मंसिर ३ गते अर्को सचिवालय बैठकको मिती तय भएकाले यो बैठक कुनै पनि हालतमा स्थगित हुन नहुने पक्षमा उभिएको छ। र, प्रचण्डको प्रस्ताव पाँच जना नेताको भएकाले फिर्ता नहुने अडान उसको छ।

प्रचण्ड पक्षका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रस्ताव फिर्ता नहुने र बैठक बस्ने अडान लिए।

उनले देशसञ्चारसँग भने,‘ यो प्रचण्डको मात्रै प्रस्ताव होइन। सचिवालयका ५ जना सदस्यको पनि हो। यो प्रस्तावबारे आगामी सचिवालय बैठकमा गम्भीर रुपमा छलफल हुनुवर्छ। फिर्ता गर भन्ने धम्कीको कुनै अर्थ छैन।

प्रचण्ड-नेपा पक्षका नेता नारायणकाजी श्रेष्ठले पनि यो प्रस्ताव समूगत छलफल र सल्लाहबाट आएको र फिर्ता होइन यसबारे छलफल आवश्यक रहेको बताए।

उनले भने,‘सचिवालय बैठकले नै तय गरेको बैठक नहुने भन्ने सम्भव छैन। सामूहिकरुपमा आएको प्रस्ताव पनि फिर्ता हुँदैन।’ नेता गौतमका प्रेस संयोजक विश्वमणी सुवेदीले ओलीको कार्यशैली सच्याउन प्रस्ताव आएको र त्यो सामूहिक भएकाले फिर्ता नहुने बताएका छन्।

विवाद उत्कर्षमा पुगेपछि सचिवालय बैठक डाक्न अनुरोध गर्दै प्रचण्ड-नेपाल पक्षले यही कार्तिक २२ गते ओलीलाई लिखित पत्र बुझाएको थियो।

बदलामा ओलीले त्यसको दुई दिनपछि असोज कार्तिक २५ गते प्रचण्डलाई द्धैध चरित्र प्रदर्शन गरेको भन्दै पत्र लेखेका थिए।

प्रचण्डले फेरि काउन्टरमा शुक्रबार ओलीले भ्रष्टाचारलाई प्रोत्साहन गरेको, गुटबन्दी गरेको, एकाधिकारवादी भएको र एकलौटी कार्यशैली अपनाउँदा पार्टी र सरकार दुबै बदनाम भएको आरोपसहित १९ पृष्ठ लामो प्रस्ताव बैठकमा पेश गरेका हुन्।

साथै प्रचण्डले बैठकमा ओलीलाई लेखेको अर्को छुट्टै पत्रसमेत उनलाई बुझाएका थिए। आक्रोश र असन्तुष्टीले भरिएका पत्र आदानप्रदानसँगै नेकपाको अन्तरसंघर्ष निकै उत्कर्षमा पुगेको छ ।
साभार: देशसंसार

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑