काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले आज कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गरेका छन् । यो क्षेत्र धार्मिक र पुरातात्विक दृष्टिकोणले पनी महत्वपूर्ण क्षेत्र हो ।
काठमाडौं महानगर पालिका वडा नम्बर–१४ कुलेश्वर महादेव मन्दिरस्थित कुलेश्वर उद्यान नौ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो । करीब रु १ करोड २० लाखको लगानीमा निर्माण हुन लागेको वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाले जानकारी दिए। कामपाले आर्थिक वर्ष २०७७ ०७८ को बजेटमा आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न रु २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी उद्यान निर्माणको योजना अघि सारेको थियो ।
शिलान्यासाका क्रममा मेयार शाक्यले काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने खतरा बढेकाले तीनै तहका सरकार र जनता मिलेर नियन्त्रण प्रयासमा लाग्न ज रुरी रहेकामा जोड दिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: subhaypost@gmail.com
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५